ट्रिपरको ठक्करले मोटरसाइकल चालकको मृत्यु

ट्रिपरको ठक्करले मोटरसाइकल चालकको मृत्यु

सिरहा : पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको पुरानो चोहर्वामा ट्रिपरको ठक्करले बिहीबार बिहान मोटरसाइकल चालकको मृत्यु भएको छ । मोटरसाइकलको पछाडी सवार अर्का युवक घाइते भएका छन् ।

स. १ प. १७१ नम्बरको ट्रिपरको ठक्करबाट मोटरसाइकल चालक मिर्चैया ७ का २५ वर्षीय रामप्रसाद यादवको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक गज्जुसिद्धी बज्राचार्यले बताए । मोटरसाइकलको पछाडी सवार सोही ठाउँका उदयचन्द्र यादव गम्भीर घाइते भएका हुन् ।

घाइते यादवको उपचार मिर्चैयास्थित मंगलम् अस्पतालमा सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं लगिएको छ । उनको खुटा फ्याक्चर भएको र टाउकोमा समेत चोट लागेकाले सास फेर्न गाह्रो भएको आफन्तले बताए । ठक्कर दिने ट्रिपर प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार छन् ।

दुर्घटनाको विरोधमा मृतकका आफन्त र स्थानीयले करिब एक घण्टा राजमार्ग अवरुद्ध गरेका थिए । उनीहरुले बा. ४ ख. ६६८८ र बा. ४ ख. ८२० नम्बरको माइक्रो लगायतका सवारी साधनमा तोडफोड समेत गरेका छन् । उनीहरुले ट्राफिक प्रहरी विरुद्ध नाराबाजी समेत गरेका थिए । राजमार्ग अवरुद्ध भएपछि सयौं गाडी अलपत्र परेका थिए ।

प्रहरी नायव उपरीक्षक बज्राचार्यले बजार क्षेत्रमा ट्राफिक ड्युटी खटाउने र दुर्घटना न्यूनिकरण गर्ने अभियानमा लाग्ने सम्झौता पश्चात अवरुद्ध राजमार्ग केहिबेरमै संचालनमा आएको बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.