प्रचण्डलाई बाबुरामको जवाफ : अबका 'मुसा' लाटा छैनन्

प्रचण्डलाई बाबुरामको जवाफ : अबका 'मुसा' लाटा छैनन्

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा फर्कन गरेको आग्रहप्रति नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले कडा प्रतिक्रिया दिएका छन् । डा.भट्टराईले ट्वीटमा कडा प्रतिक्रिया दिँदै कुर्सीका लागि प्रचण्डले पूरै माओवादीलाई एमालेमा होम्न लागेको आरोप लगाएका छन् ।

उनले विद्यालयमा पढ्दाको कविता सम्झँदै ट्वीटमा लेखेका छन : प्रचण्डजीको कुरा सुन्दा स्कुलमा पढेको पेड पाइपर अफ ह्यामलिनको कविताको सम्झना हुन्छ, मिठो मुरलिवादकले सहरका सबै मुसाहरुलाई आफ्नो धुनको पछि लगाएर समुद्रमा होमे जस्तै प्रचण्डले पनि अनेक कुकर्त गरेर आफ्नो कुर्सीका निम्ति पूरै माओवादी शक्ति एमाले समुद्रमा होम्दै हुनुहुन्छ, अबका ‘मुसा’ लाटा छैनन् है । 

प्रचण्डजीका कुरा सुन्दा स्कूलमा पढेको Pied Piper of Hamelinकविताको सम्झना हुन्छ। मिठो मुरलीवादकले सहरका सबै मुसाहरूलाई आफ्नो धुनको पछि लगाएर समुद्रमा होमे झैं प्रचण्ड अनेक कुतर्क गरेर आफ्नो कुर्सीकानिम्ति पूरै माओवादी शक्ति एमाले समुद्रमा होम्दै हुनुहुन्छ।अबका'मुसा'लाटा छैनन् है! https://t.co/3s4VokjY8o

— Baburam Bhattarai (@brb1954) March 15, 2018

अध्यक्ष प्रचण्डले डा. भट्टराईलाई गल्ती सच्याउँदै माओवादी केन्द्रमा फर्कन आग्रह गरेका थिए । प्रचण्डले भट्टराईले गल्ती सच्चाएर पार्टीमा नफर्किए स्वर्गमा समेत बास नपाउने टिप्पणी गरेका छन् ।

याे पनि पढ्नुहाेस्

बाबुरामजीले ब्लन्डर गर्नुभयो, पश्चाताप गरेर फर्किनुपर्छ : प्रचण्ड


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.