११५ रनको लक्ष्य पछ्याउँदै नेपाल : तीन ओभरमै दोस्रो झड्का

११५ रनको लक्ष्य पछ्याउँदै नेपाल : तीन ओभरमै दोस्रो झड्का

काठमाडौं : आईसीसी विश्वकप छनोट अन्तर्गत एकदिवसीय मान्यताका लागि अहिले नेपाल र पपुवा न्यूगिनीको खेल जारी छ। टस जितेर पहिले फिल्डिङ गरेको नेपालले २७ दशमलव २ ओभरमा सबै विकेट लिएर पपुवा न्यूगिनीलाई ११४ रनमा समेटेको थियो।

सोही लक्ष्य पछ्याउने क्रममा नेपालले तीन ओभरमा दुई विकेट गुमाएको छ। नेपालका ओपनर ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल र अनिल शाह आउट भएका छन्।

ज्ञानेन्द्र तीन बलमा एक रन बनाएर आउट भए भने अनिल ११ बलमा नौ रन बनाएर आउट भए। कप्तान पारस खड्का र दीपेन्द्रसिंह ऐरी छन्। चार ओभरको समाप्तिमा नेपालले दुई विकेटको क्षतिमा १८ रन बनाएको छ।

‍‍...

आईसीसीको नियमअनुसार नेदरल्यान्ड्सबाहेक विश्वकप छनोट प्रतियोगितामा सहभागी एसोसिएट टोलीमध्ये शीर्ष तीनले सन् २०२२ सम्मका लागि एकदिवसीय टोलीको मान्यता पाउनेछन् । गत डिसेम्बरमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग च्याम्पियनसिप जितेको हैसियतमा नेदरल्यान्ड्सले यसअघि नै एकदिवसीय टोलीको मान्यता पाइसकेको छ । यसैगरी सोसिएट टोलीमध्ये सुपर सिक्स चरणमा पुगिसकेका संयुक्त अरब इमिरेट्स (यूएई) र स्कटल्यान्डले पनि एक दिवसीय मान्यता पक्का गरिसकेका छन् ।


अब बाँकी रहेको एक स्थानका लागि सुपर सिक्स चरणमा पुग्न नसकेका नेपाल, हङकङ र पपुवा न्युगिनीले प्ले अफ खेलमार्फत आआफ्नो दाबेदारी प्रस्तुत गर्दैछन् । पहिलोपटक एकदिवसीय टोलीको मान्यता प्राप्त गर्न नेपाले बिहीबार हुने खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई हराउनैपर्ने बाध्यता छ । पीएनजीविरुद्धको एक जितले नै पनि नेपाललाई आगामी चार वर्षका लागि एकदिवसीय टोलीको मान्यता दिलाउने सम्भावना छ । तर, त्यसका लागि बिहीबार नै हुने अर्को खेलमा नेदरल्यान्ड्सले हङकङलाई पराजित गर्नुपर्ने हुन्छ ।

नेपाली टोली आफ्नो पहिलो खेलमा विजयी भए पनि अर्को खेलमा हङकङले नेदरल्यान्ड्सलाई हराएमा एकदिवसीय टोलीको मान्यता पाउन नेपालले पुनः अर्को खेलमा हङकङलाई पनि हराउनुपर्ने हुन्छ ।

पीएनजीसँगको खेलमै पराजित भए नेपालले एकदिवसीय टोलीको सम्भावना पनि गुमाउने छ । जारी प्रतियोगिताको समूह ‘ए’मा रहेको पीएनजीले चारमध्ये सबै खेलमा पराजय बेहोरेको थियो भने समूह ‘बी’मा रहेको नेपालले चारमध्ये एक खेलमा जित हात पारेको थियो । नेपालले समूहगत चरणको अन्तिम खेलमा हङकङलाई पाँच विकेटले हराएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.