नेपालको शानदार जित : पपुवा न्यूगिनी ६ विकेटले पराजित

नेपालको शानदार जित : पपुवा न्यूगिनी ६ विकेटले पराजित

काठमाडौं : आईसीसी विश्वकप छनोट अन्तर्गत एकदिवसीय मान्यताका लागि पपुवा न्यूगिनीसँगको खेलमा नेपालले शानदार जित दर्ता गरेको छ । टस जितेर पहिले फिल्डिङ गरेको नेपालले पपुवा न्यूगिनीमाथि सहज जित दर्ता गरेको हो । नेपालका लागि ओपनर ब्याट्सम्यान सस्तैमा समेटिए । दोस्रो चरणका ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरीले अर्धशतक पूरा गरे । उनले तीन छक्का र एक चौकाको मद्दतमा ५० रन पूरा गरे ।

पपुवा न्यूगिनीले दिएको ११५ रनको लक्ष्य नेपालले २३ ओभरमा चार विकेट गुमाएर पूरा गरेको हो । लक्ष्य पछ्याउने क्रममा नेपालका आरिफ शेख चौथो विकेटका रुपमा २० दशमलव ६ ओभरमा ४२ बलमा २६ रन बनाएर आउट भए । कप्तान पारस खड्का ६ दशमलव पाँच ओभरमा तेस्रो विकेटका रुपमा आउट भएका थिए । उनले १८ बलमा २० रन मात्र जोड्न सके।

नेपालका ओपनर ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल तीन बलमा एक रन बनाएर आउट भए भने अनिल शाह नाै रनमा आउट भएका थिए ।  पपुवा न्यूगिनीलाई सस्तैमा समेट्न नेपालका सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले चारचार विकेट लिएका थिए भने सोमपाल कामी र करण केसीले एकएक विकेट लिए । 

आईसीसीको नियमअनुसार नेदरल्यान्ड्सबाहेक विश्वकप छनोट प्रतियोगितामा सहभागी एसोसिएट टोलीमध्ये शीर्ष तीनले सन् २०२२ सम्मका लागि एकदिवसीय टोलीको मान्यता पाउनेछन् । गत डिसेम्बरमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग च्याम्पियनसिप जितेको हैसियतमा नेदरल्यान्ड्सले यसअघि नै एकदिवसीय टोलीको मान्यता पाइसकेको छ । यसैगरी सोसिएट टोलीमध्ये सुपर सिक्स चरणमा पुगिसकेका संयुक्त अरब इमिरेट्स (यूएई) र स्कटल्यान्डले पनि एक दिवसीय मान्यता पक्का गरिसकेका छन् ।

अब बाँकी रहेको एक स्थानका लागि सुपर सिक्स चरणमा पुग्न नसकेका नेपाल, हङकङ र पपुवा न्युगिनीले प्ले अफ खेलमार्फत आआफ्नो दाबेदारी प्रस्तुत गर्दैछन् । पहिलोपटक एकदिवसीय टोलीको मान्यता प्राप्त गर्न नेपाले बिहीबार हुने खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई हराइसकेको छ । पीएनजीविरुद्धको एक जितले नै पनि नेपाललाई आगामी चार वर्षका लागि एकदिवसीय टोलीको मान्यता दिलाउने सम्भावना छ । तर, त्यसका लागि बिहीबार नै हुने अर्को खेलमा नेदरल्यान्ड्सले हङकङलाई पराजित गर्नुपर्ने हुन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.