२९ वर्षपछि मुख्यमन्त्री योगी आदित्यनाथको क्षेत्र गोरखपुरमा भाजपाको हार

२९ वर्षपछि मुख्यमन्त्री योगी आदित्यनाथको क्षेत्र गोरखपुरमा भाजपाको हार

काठमाडौं : उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको क्षेत्र गोरखपुरबाट सत्तारुण भारतीय जनता पार्टीले २९ वर्षपछि पराजयको सामना गर्नु परेको छ। आइतबार भएको उपनिर्वाचनमा अखिलेश यादवको समाजवादी पार्टीका प्रवीण निषादले भाजपाका उम्मेदवार उपेन्द्रनाथ शुक्लालाई हराएका छन् ।

सन १९८९ सालदेखि गोरखपुरबाट लगातार भाजपाले जित्तै आएको थियो । १९९८ देखि योगी आदित्यनाथ सांसद बन्दै आएका थिए । सन् २०१४ को लोकसभामा आदित्यनाथले गोरखपुरबाट चुनाव जितेका थिए। मुख्यमन्त्री भएपछि उनले लोक सभा सदस्य परित्याग गरेका थिए।गोरखपुरका साथै फुलपुर उपनिर्वाचनमा भाजपाले पराजयको सामना गर्नु परेको छ ।

फुलपुरबाट उपमुख्यमन्त्री केशवप्रसाद मौर्यले चुनाव जितेका थिए। उनी उत्तरप्रदेशका उपमुख्यमन्त्री बनेपछि भएको उक्त क्षेत्रको उपनिर्वाचन समेत भाजपाले हार बेहोरेको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.