उपराष्ट्रपतिमा नन्दबहादुर पुन दोहोरिने पक्का

उपराष्ट्रपतिमा नन्दबहादुर पुन दोहोरिने पक्का

काठमाडौं: देशको तेस्रो उपराष्ट्रपतिमा बहालवाला उपराष्ट्रपति नन्दबहादुर पुन नै दोहोरिने पक्का भएको छ । नेकपा माओवादी केन्द्रको बिहीबार बसेको केन्द्रीय कार्यालय बैठकले उपराष्ट्रपतिमा पुनलार्इ नै दोहोर्याउने निर्णय गरेको हो ।

माओवादीको बैठकमा उपराष्ट्रपतिका लागि अन्य नेताहरूले दाबी नगरेपछि पुनलार्इ नै दोस्रो कार्यकालका लागि दोहोर्याउने निर्णय गरेको माओवादी स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री निवास बालुटारमा बिहीबारै बसेको एमाले र माओवादी केन्द्रको बैठकले पनि पुनलार्इ नै उपराष्ट्रपतिमा निरन्तरता दिने कुरामा सहमति जुटाएको थियो ।

राष्ट्रिय सभा उपाध्यक्षमा दाहाल

त्यसैगरी राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी शशीकला दाहाललाई उठाउने सहमतिमा पनि दुवै दल पुगेका छन् ।

राष्ट्रिय सभा अध्यक्षमा एमालेका गणेशप्रसाद तिमल्सिना निर्वाचित भइसकेका छन् । दाहाल प्रदेश-२ को महिला कोटाबाट राष्ट्रिय सभा सदस्य भएकी हुन्।

राष्ट्रपति र उपराष्ट्रपति बाँडफाँट गर्ने सहमति एमाले-माओवादी केन्द्रबीच यअसघि नै भइसकेको थियो । दुर्इ दलको सहमति अनुसार एमालेबाट विद्यादेवी भण्डारी राष्ट्रपतिमा दोस्रो पटक निर्वाचित भइसकेकी छन्।

प्रतिनिधि सभाको सभामुखमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा निर्वाचित भइसकेका छन् । त्यसैगरी उपसभामुखमा एमालेकी नेतृ शिवमाया तुम्बाहाम्फे निर्वाचित हुने पक्का जस्तै छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.