राष्ट्रपतिले पुनः शपथ लिनुपर्ने कि नपर्ने ?

राष्ट्रपतिले पुनः शपथ लिनुपर्ने कि नपर्ने ?

विद्यादेवी भण्डारी नेपालको इतिहासमा दोस्रो कार्यकालका लागि राष्ट्रपति पदमा निर्वाचित भएकी छन्। उनको अबको पाँचवर्षे कार्यकाल विवादरहित र सफल रहोस् भन्ने शुभकामना दिन चाहन्छु। तर राष्ट्रपति भण्डारी शपथ ग्रहणका लागि किन हतारिनुभयो, बुझ्न सकिएन। राष्ट्रपतिको शपथ ग्रहण सर्वोच्च अदालतका प्रधानन्यायाधीशबाट हुने व्यवस्था संविधानमा भएकाले संविधानतः शपथ ग्रहण गर्नु ठीकै हो।

तर अहिले सर्वोच्चमा देखा परिरहेका फोहोरी राजनीतिले न्यायालय प्रभावित छ। केही दिनपछि समस्याले एउटा निकास पाउने सम्भावना देखिएको थियो। यही बीचमा विवादमा ल्याइएका प्रधानन्यायाधीशबाट राष्ट्रपतिले हतारोमा शपथ नलिएको भए राम्रो हुन्थ्यो। एकदुई दिन शपथ कार्यक्रम पर सार्न पनि सकिन्थ्यो। शीतलनिवासमा शपथ ग्रहण कार्यक्रम चलिरहँदा उता न्यायपरिषद्का सचिवले उमेरको हिसाबले प्रधानन्यायाधीश पदमुक्त भइसकेको जानकारी विज्ञप्तिमार्फत गराएका थिए। यस्तो अवस्थामा राष्ट्रपतिले पुनः नयाँ बहाल हुने प्रधानन्यायाधीशबाट शपथ ग्रहण गर्नुपर्छ कि पर्दैन ?

-नरनाथ पाण्डे, कावासोती—८, नवलपुर


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.