कार/जिपको बिक्री घट्यो
काठमाडौ : बढ्दो कार/जिपको व्यापार चालू आवको पहिलो सात महिनामै झन्डै ५० प्रतिशतले घटेको छ । चालू आवको सात महिनामा देशभर सात हजार पाँच सय ७५ वटा मात्रै कार/जिप दर्ता भएका छन् ।
यातायात व्यवस्था विभागका अनुसार चालू आवको सात महिनामा दर्ता भएका कार/जिपको संख्या गत आवको ६ महिनामा दर्ता भएको भन्दा ६ हजार चार सय ६५ ले कम हो । गत आवको ६ महिनामा देशभर गरी १४ हजार ४० वटा कार/जिप दर्ता भएका थिए ।
कार/तथा जिप अहिले अत्यावश्यक सवारीसाधनको रूपमा लिने गरिएको छ । तर, राष्ट्र बैंकले गत आवको माघ महिनादेखि वाणिज्य बैंकहरूलाई सवारी कर्जामा कडाइ गर्न दिएको निर्देशनलगत्तै निजी सवारीको बिक्री घट्दो छ । नेपालमा इन्ट्री लेभलको कारको व्यापार बढ्दो थियो ।
लामो समयदेखि मोटरसाइकल प्रयोग गर्नेले पनि इन्ट्री लेभलका कार चढ्न थालेकै बेला सरकारी नियमका कारण कार/जिपको व्यापार घटेको हो ।