भागवण्डा मिलाउन फुटाइयो मन्त्रालय, प्रम कार्यालयसहित २१

भागवण्डा मिलाउन फुटाइयो मन्त्रालय, प्रम कार्यालयसहित २१

काठमाडौँः मधेसवादी दल पनि सरकारमा आउने भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले तीनवटा मन्त्रालय थपेका छन् । प्रधानमन्त्रीको कार्यालयसहित अब मन्त्रालयको संख्या २१ पुग्ने भएको छ । देश संघीयतामा गएपछि गठित उच्चस्तरीय समितिले १५ वटा मात्रै मन्त्रालय संघीय सरकारमा राख्न सुझाव दिएको थियो ।

तर, तीन तिहाइको सरकार निर्माणमा अग्रसर प्रम ओलीले मधेसवादी दलका लागि मन्त्रालय थप्ने निर्णय गरेका हुन् । थपिएका मन्त्रालयहरुमा सिचाइँ, युवा तथा खेलकुद र श्रम तथा रोजगार मन्त्रालय रहेका छन् । यी मन्त्रालय हाल रहेका मन्त्रालय फुटाएर बनाइएको हो ।

ओली सरकारले शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालय फुटाएको छ । जस अनुसार अबबाट शिक्षा र युवा तथा खेलकुद मन्त्रालय अलग्गै अस्तित्वमा हुनेछन् ।

त्यसैगरी ओली सरकारले श्रम, रोजगार तथा महिला बालबालिका मन्त्रालय पनि फुटाएको छ । अबबाट श्रम तथा रोजगार र महिला तथा बालबालिका फरक फरक मन्त्रालय हुने भएका छन् ।

दलहरुबीच भागबन्डा मिलाउने नाममा मन्त्रालय टुक्राउन नहुने विज्ञहरुले सुझाव दिएका छन्। धेरै जसो अधिकार प्रदेश र स्थानीय तहमा गइसकेको भनदै केन्द्रमा सानो मन्त्रिपरिषद् हुँदा राम्रो हुने प्रशासन विज्ञले सुझाएका छन्।

तर ओलीले सबैलाई भाग मिलाउन मन्त्रालय फुटाउन लागेका हुन् । फोरमले गृह, परराष्ट्र, सञ्चार र रक्षाबाट एक, भौतिक, सहरी विकास, स्वास्थ्य, कृषिमध्येबाट एक र सामान्य, वातावरण, भूमिसुधारमध्येबाट एक मन्त्रालयबाट दिनुपर्ने अडान राखेको थियो ।

संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवकै नेतृत्वमा सरकारमा जाने तयारी गरेको छ। उसले दुई मन्त्रालय मात्र पाउने सम्भावना रहेको बुझिएको छ। यादवसँगै राजेन्द्र श्रेष्ठ पनि सरकारमा जाने करिब पक्का जस्तै छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.