जोइ राइटका पाँच फिल्म

जोइ राइटका पाँच फिल्म

प्राइड एन्ड प्रिजुडाइस

जेन अस्टेनको सन् १८१३ मा प्रकाशित उपन्यासमा आधारित छ फिल्म ‘प्राइड एन्ड प्रिजुडाइस’। यस फिल्ममा विवाह, नैतिकता र गलत धारणाविरुद्ध लड्न एक परिवारका पाँच बहिनीलाई अघि सारिएको छ। सन् २००५ मा बनेको यो फिल्म ब्रिटिस अमेरिकन रोमान्टिक ड्रामा हो। मिस बेनेटका पाँच छोरीमध्ये कसैको पनि विवाह हुन सकेको हुँदैन। बेनेटको मृत्युपछि फिल्ममा मिस्टर बिंगलेको इन्ट्री हुन्छ छिमेकीको रूपमा, उनी धनी अनि अविवाहित। ती पाँच बहिनीमध्ये जेठी जेनेटलाई उनी मन पराउँछन्, बल्ल कहानी सुरु हुन्छ।

एटोनमेन्ट

सन् २००१ को इयान म्याकवानको उपन्यासमा आधारित ‘एटोनमेन्ट’ सन् २००७ मा बनेको ब्रिटिस रोमान्टिक वार ड्रामा हो। सन् १९३० पछिको ६ दशक लामो युद्ध र त्यसको परिणाममा यसको कथा घुमेको छ। खुसीका पखेटाहरू छलाङ मारेर सुरु हुने यो फिल्म त्रास र नोक्सान झेल्न पुग्छ। पछि एक १३ वर्षीय किशोरीले केही कुरालाई गलत रूपमा बुझ्दै जान्छिन्, उनी झुट बोल्न थाल्छिन्। यसबाट अन्य तीनको जीवन बर्बाद हुन्छ र उनको पनि।

दी सोलोलिस्ट

सन् २००९ मा आएको ब्रिटिस अमेरिकन ड्रामा फिल्म हो, ‘दी सोलोलिस्ट।’ यसमा संगीतकार नाथानियल एरेस्को वास्तविक जीवनकथा छ। सुसान्ह ग्रेन्टको स्क्रिन प्ले रहेको यो फिल्म पालगपन बुझाउने क्रममा सबैभन्दा सरल तरिका अपनाउँछ। सोलोलिस्ट यहाँ एक निश्चित रूपमा दर्शाइएको छैन। यहाँ एक संगीतकार निकै सुस्त छ, अनियमित र अप्रत्याशित छ। मानसिक बिरामी सायद यस्तै हुनसक्छ।

हान्ना

सन् २०११ मा बनेको एक्सन एडभेन्चर थ्रिलर फिल्म हो, ‘हान्ना’। साओरेस रोएनको मुख्य भूमिका रहेको यसमा परीहरूको कथा छ। फिल्ममा हान्नालाई आफ्ना दुश्मनविरुद्ध र आफ्नो आत्मरक्षा गर्न सिकाइएको छ। उनका बुवा एरिकलाई आफ्नो र आफ्नी छोरीको सुरक्षासम्बन्धी सधैं डर हुन्छ। उनी आफैंमा एक दक्ष र ज्ञानले भरिपूर्ण व्यक्तित्व हुन्छन्। त्यसैले सीआईए अफिसर मारिसाले ऊ र उसको बच्चालाई समातेर राखेकी छ।

अन्ना करेनिना

रसियन राइटर लियो टोल्स्टोयद्वारा लिखित उपन्यासमा आधारित छ, फिल्म ‘अन्ना करेनिना’। फिल्ममा करेनिनाले आफूलाई मन पराउनेलाई सबै चीज गुमाउन तयार हुन्छे। यो फोटोग्राफीमा उत्कृष्ट, एक भव्य फिल्म हो। सत्य कथामा आधारित यसमा युद्ध र शान्ति देखाइन्छ। खतरनाक र महत्वाकांक्षाहरूले भरिएको, आफ्नो शानदार जित र पागल शब्दहरूमा वर्णित निर्देशक राइटको अन्ना करेनिना अरू फिल्मभन्दा फरक फिल्म हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.