ग्ल्यामर महिला खेलाडी

ग्ल्यामर महिला खेलाडी

शर्मिला निकोल्लेट

शर्मिला निकोल्लेट इन्डो फ्रेन्च गल्फर हुन्। गल्फकी व्यावसायिक खेलाडी उनी बेंग्लोरकी स्थायी बासिन्दा हुन्। सानै उमेरमा गल्फमा लागेकी उनी सन् २०१०-११ मा उच्च फर्ममा थिइन्। उनलाई भारतको सुन्दर र निकै क्षमतावान् खेलाडीमा गनिन्छ। उनी युरोपियन टुरमा भारतबाट छनोट हुने सबैभन्दा कान्छी खेलाडी पनि हुन्।

सोनिका कालिरमन

 

रेस्लर सोनिका कालिरमनले भारतका तर्फबाट एसियाली खेलकुदमा प्रतिनिधित्व गरेकी छन्। उनी ‘भारत केशरी’ उपाधि जित्ने पहिलो भारतीय रेस्लर पनि हुन्। भारतीय खेलकुदका लिजेन्ट मास्टर चन्डिरामकी छोरी सोनिकाले खेलकुदका साथै विभिन्न म्यागेजिनका लागि मोडलिङसमेत गरेकी छन्। उनी चर्चित भारतीय रियालिटी सो ‘बिग बोस’ सिजन-५ र ‘खतरों कि खेलाडी’मा समेत सहभागी भएकी थिइन्। उनले अमेरिकामा बस्दै आएका व्यवसायी सिद्धार्थ मल्लिकसँग विवाह गरेकी छन्।

दीपिका पाल्लिकल

Dipika-Pallikal

अर्की सुन्दर भारतीय खेलाडी हुन्- दीपिका पाल्लिकल। स्क्वासकी चर्चित खेलाडी उनी चेन्नईकी स्थायी बासिन्दा हुन्। उनले सन् २०११ मा ‘विस्पा टुर’को तीनवटा टाइटल जितेकी थिइन्। सुन्दरताका साथै फर्म र पर्फमेन्सलाई पनि सँगै अगाडि बढाउँदै आएकी दीपिका अस्ट्रेलियन ओपन २०१२ को सेमिफाइनलिस्ट हुन्। उनलाई भारतीय खेलकुदकी सफल र सुन्दर महिलाका रूपमा संसारभर चिनिने गरिएको छ।

ज्वाला गुट्टा

Jwala-Gutta

ज्वाला गुट्टाले विगत लामो समयदेखि ब्याडमिन्टनको ‘इन्डिभिज्युल इभेन्ट’मा दबदबा राख्दै आएकी छिन्। बायाँहाते खेलाडी उनले भारतको राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप १४औं पटक जितिसकेकी छन्। उनी भारतको उत्कृष्ट खेलाडीको सूचीमा हरेक वर्ष पर्दै आएकी छन्। थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उपाधि जितिसकेकी उनलाई अहिले पनि भारतका सुन्दर महिला खेलाडीको नाम लिनुपर्दा सम्मानका साथ लिने गरिन्छ।

तानिया सचदेव

tania-sachdev

तानिया सचदेव भारतकी चर्चित बुद्धिचाल (चेस) खेलाडी हुन्। उनले सन् २००८ मा ‘इन्टरनेसनल मास्टर’ र सन् २००५ मा ‘ग्रान्ड मास्टर’ को उपाधि जितेकी थिइन्। उनी ग्रान्ड मास्टर जित्ने आठौं भारतीय महिला खेलाडी हुन्। भारतकी सुन्दर तथा आकर्षक खेलाडीको परिचय बनाएकी सचदेवले सन् २०१२ मा टर्कीको स्तानबुलमा आयोजना भएको ‘बोर्ड थ्री’ मा कांस्य पदक जितेकी थिइन्।

सुनिता राव

सुनिता रावले खेलकुदबाट सन्न्यास लिइसकेकी छन्। भारतीय मूलकी अमेरिकी टेनिस खेलाडी सुनिताले सक्रिय खेल जीवनमा थुप्रै प्रतियोगिता जितिन्। अमेरिकाबाट विभिन्न प्रतियोगितामा सहभागी भए पनि फेड कप र सन् २००८ को हिउँदे ओलम्पिक भने भारतका तर्फबाट खेलेकी थिइन्। भारतका सुन्दर महिला खेलाडीको नाम लिँदा उनको नाम पनि सम्मानका साथ लिइन्छ।

प्राची तेहलान

Prachi-Tehlan

प्राची तेहलान बास्केटबल र नेटबल खेलाडी हुन्। अग्ली र आकर्षक जीउडालकी प्राचीले थुप्रै प्रतियोगितामा आफूलाई अब्बल सावित गरेकी छन्। उनले नेटबलमा भारतीय टोलीको नेतृत्व गर्दै सन् २०१० को कमनवेल्थ गेम र एसियन च्याम्पियनसिपका महत्वपूर्ण प्रतियोगितामा सहभागिता जनाएकी छिन्। उनलाई भारतको चर्चित पत्रिका टाइम्स अफ इन्डियाले

‘क्विन अफ कोर्ट’ को उपमा दिएको थियो।

आकांक्षा सिंह

आकांक्षा सिंहलाई पनि भारतीय खेलकुदको सर्वाधिक सुन्दर महिलामा गनिन्छ। भारतीय बास्केटबल टोलीकी कप्तान उनले अन्तर्राष्ट्रिय एरिनामा भारतको महिला बास्केटबललाई चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी छिन्। आकांक्षालाई निकै प्रतिभावान् खेलाडी मानिन्छ। उनले थुप्रै प्रतियोगितामा ‘मोस्ट भ्यालुयवल प्लेयर’को उपाधि जितेकी छन्।

सायना नेहवाल

Saina_Nehwal_1

भारतीय ब्याडमिन्टन खेलाडी सायना नेहवालले भारतका तर्फबाट संसारका थुप्रै प्रतियोगितामा सहभागिता जनाएकी छन्। पूर्व विश्व नम्बर एक खेलाडी नेहवालले २३ अन्तर्राष्ट्रिय उपाधि जितेकी छन्। उनी सन् २०१५ मा विश्व नम्बर एक ब्याडमिन्टन खेलाडी बनेकी थिइन्। विश्व खेलकुदको महाकुम्भ मानिने ओलम्पिकमा तीन पटक सहभागी उनले दोस्रो सहभागितामा कांस्य पदक जितिन्। उनी विश्व ब्याडमिन्टन महासंघले आयोजना गरेका हरेक प्रतियोगितामा कुनै न कुनै पदक जितेकी छन्। हैदरावादकी स्थायी बासिन्दा सायनाको सुन्दर खेलाडीमा गणना गरिन्छ।

सानिया मिर्जा

Sania-Mirza

सानिया मिर्जा अहिले पाकिस्तानी नागरिक बनेकी छन्। पाकिस्तानी क्रिकेटर सोयब मल्लिकसँग विवाह गरेकी मिर्जा भारतकी सफल र चर्चित टेनिस खेलाडी हुन्।

आकर्षक ‘फिगर’ र सुन्दर चेहरा भएकी खेलाडी मिर्जा ग्रान्डस्लामको चौथो चरणमा पुग्ने पहिलो भारतीय महिला खेलाडी हुन्। खेल जीवनमा थुप्रै टाइटल जितेकी उनले सन् २००६ मा भारतको प्रतिष्ठित पद्म श्री अवार्ड पाएकी थिइन्। उनी ‘हिरोज अफ एसियाज’ मा समेत मनोनयनमा परेकी थिइन्। उनी महिला डबल्स स्पर्धामा विश्वको नम्बर एक टेनिस खेलाडी पनि हुन्। उनले टेनिसका प्रतिष्ठित प्रतियोगितादेखि एसियन गेम, कमनवेल्थ गेम र ओलम्पिकमा समेत सहभागिता जनाएकी छन्।

एजेन्सीको सहयोगमा


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.