प्रेमिकासँग भिडियो कल गर्दै आत्महत्या
एजेन्सी :हैदरावादमा एउटा आत्महत्याको घटनाले सनसनी फैलाएको छ। हैदरावादको साइबरावादमा बस्दै आएका २० वर्षीय अनमिरा सागरले बुधबार आफ्नी प्रेमिकासँग भिडियो कल गर्दागर्दै आत्महत्या गरेका छन्।उनी डिप्लोमा कोर्सका विद्यार्थी हुन्।
प्रहरीका अनुसार मृतक सागर आफ्नी बहिनीसँगै बस्दै आएका थिए। तर, घटनाको दिन भने उनी कोठामा एक्लै रहेको प्रहरीले बताएको छ। उक्त घटना साइबरावाद प्रहरी स्टेसन नजिकै भएको हो।
घरबेटीले सागरलाई कोठाको सेलिङमा रहेको पंखामा झुन्डिरहेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। मृतक सागरले बहिनीको सारीको पासो लगाएर आत्महत्या गरेको बताइएको छ।
अनुसन्धानकाक्रममा प्रहरीले मृतकको मोबाइलबाट एउटा भिडियो प्राप्त गरेका छन्। उनको मृत्युको कारण नखुले पनि अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ। प्रहरीका अनुसार थप अनुसन्धानका लागि मृतककी प्रेमिकासँग सोधपुछ गरिनेछ। पोस्टमार्टमको रिपोर्ट आउन बाँकी छ।