निजी विद्यालयको परीक्षा शुल्क नगरपालिकाले व्यहोर्ने

निजी विद्यालयको परीक्षा शुल्क नगरपालिकाले व्यहोर्ने

परासी : रामग्राम नगरपालिकाले निजी विद्यालयमा अध्ययनरत कक्षा आठका विद्यार्थीबाट लिँदै आएको शुल्क आफैंले व्यहोर्ने भएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा शिक्षा सम्बन्धी २३ वटा अधिकार स्थानीय तहलाई दिएको छ ।

सोही बमोजिम शिक्षाको अधिकारमा सबै विद्यार्थीको समान पहुँच पुयाउने उद्देश्यले निजी विद्यालयको परीक्षा व्यवस्थापन र सञ्चालन खर्च समेत नगरपालिका आफैंले व्यहोर्ने निर्णय गरिएको रामग्राम नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेशराज पन्तले बताए ।

सरकारले निःशुल्क शिक्षाको व्यवस्था गरेपनि यहाँका केही सामुदायिक विद्यालयले विगत वर्षमा परीक्षा वापत विद्यार्थीबाट शुल्क उठाउँदै आएका थिए । नगरपालिकाले यसवर्षदेखि नगर क्षेत्रका कुनै पनि विद्यालयलाई कक्षा आठको परीक्षा वापतको शुल्क नलिन निर्देशन गरिएको प्रमुख प्रशासकिय अधिकृत पन्तको भनाइ छ ।

नगरपालिकाको निर्देशन अघि केही सामुदायिक विद्यालयहरुले परीक्षा वापत एक सय ५० र निजी विद्यालयले पाँच सय रुपैयाँ प्रति विद्यार्थी परीक्षा शुल्क उठाएका छन् । परीक्षा वापतको शुल्क लिएको भन्ने जानकारी आएकाले सबै विद्यालयलाई शुल्क फिर्ता गर्न निर्देशन गरिएको पन्तले बताए ।

शुल्क उठाएका निजी विद्यालयले मासिक शुल्कमा मिलान गर्ने गरी व्यवस्था मिलाउन नगरपालिकाले पत्रचार गरेको हो । परीक्षा सञ्चालन र व्यवस्थापन गर्दा प्रति विद्यार्थी कम्तीमा एक सय ५० रुपैयाँ लाग्ने पन्तले जानकारी दिए ।

नगर क्षेत्रमा २९ विद्यालय छन् । रामग्राम नगरपालिकाका शिक्षा शाखा अधिकृत दिनेश गौंडका अनुसार १४ सामुदायिक र १५ निजी विद्यालयबाट एक हजार चार सय एक विद्यार्थी कक्षा आठको परीक्षामा सहभागी हुँदै छन् ।

१२ वटा केन्द्र निर्धारण गरेर लिइने कक्षा आठको परीक्षामा ६ सय ५७ निजी र सात सय ४४ सामुदायिक विद्यालयका विद्यार्थीहरु सहभागी हुने छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.