विमान दुर्घटनाले मुलक नै शोकमा : प्रधानमन्त्री ओली

विमान दुर्घटनाले मुलक नै शोकमा : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले यूएस बंगला एयरलायन्सको विमान दुर्घटनालाई सरकारले गम्भीरताका साथ लिएको बताएका छन्। शुक्रबार संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ४९ जनाको मृत्यु हुने गरी भएको अत्यन्त दुखत विमान दुर्घटनालाई सरकारले गम्भीर रुपमा लिएको बताएका हुन्।

उनले विमान दुर्घटनाले देश नै शोक डुबेको बताए। उनले संसदमा सम्बोधन गर्ने क्रममा विमान दुर्घटनाले आफ्नो मन भारी भएको बताउँदै भने, ‘अप्रिय, हृदय विदारक घटनाले मन भारी लिएर उभिएको छु।’

उनले विमान दुर्घटनामा ज्यान गुमाउने सबै प्रति श्रद्धा सुमन प्रकट गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्। प्रधानमन्त्री ओलीले उद्धार र उपचारमा लाग्ने प्रति समेत धन्यवाद दिए।

उनले दुर्घटनाको कारणका बारेमा जाँचबुझ आयोग गठन गरेर काम भइरहेको जानकारी दिए। उनले भने, ‘घटना किन भयो, त्यस्ता घटना हुन नदिन के कस्ता प्रयास गर्नु पर्छ भने विषय दुर्घटना जाँच आयोगले काम गरिरहेको छ।’

प्रधानमन्त्री ओलीले आयोगको प्रतिवेदनका आधारमा आवश्यक कदम चाल्ने समेत बताए। संसद बैठकमा विमान दुर्घटना सम्बन्धि शोक प्रस्ताव समेत पारित गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.