सपथ साढे ५ बजे मात्रै, को को बन्दै मन्त्री ?

सपथ साढे ५ बजे मात्रै, को को बन्दै मन्त्री ?

काठमाडौँ: नयाँ मन्त्रीहरुको सपथ साँझ साढे ५ बजेका लागि सारिएको छ । एमाले र माओवादी केन्द्रले तय गरिसकेका मन्त्रीहरुको सपथ साँझ साढे ५ बजेका लागि सरेको जानकारी प्रधानमन्त्रीको सचिवालयले दिएको छ ।

यसअघि अपरान्ह ४ बजे नयाँ मन्त्रीलाई सपथ खुवाउने कार्यक्रम थियो । प्रतिनिधि सभाका उपसभामखुको निर्वाचन लम्बिएपछि सपथ पनि सरेको हो ।

त्यसैरी आजको मन्त्रिमण्डल विस्तारका क्रममा संघीय समाजवादी फोरमलाई पनि सरकारमा ल्याउने प्रधानमन्त्री केपी शर्मा ओलीले प्रयास जारी राखेकाले सपथ समय पछि सरेको हो ।

ओली सरकारको मन्त्री हुने सूचीमा नेकपा एमालेबाट प्रदीप ज्ञवाली, गोकर्ण बिष्ट, रवीन्द्र अधिकारी, रघुवीर महासेठ, शेरबहादुर तामाङ, जगत बिश्वकर्मा र गोकुल बाँस्कोटा रहेका छन्।


त्यसैगरी नेकपा माओवादी केन्द्रका तर्फबाट बर्षामान पुन, शक्ति बस्नेत, चक्रपाणी खनाल (बलदेव), गिरिराजमणि पोखरेल र वीना मगर मन्त्री बन्ने भएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.