ट्यांकर मजदुरको आन्दोलन स्थगित, शनिबारबाट तेल आयत सहज हुने

ट्यांकर मजदुरको आन्दोलन स्थगित, शनिबारबाट तेल आयत सहज हुने

बिर्तामोड : आयल निगमले ‘लकिङ सिस्टम’ कार्यान्वयनमा ल्याउने निर्णय गरेसँगै आन्दोलन थालेका ट्यांकर मजदुरले आन्दोलन स्थगित गरेका छन् । यससँगै शनिबारदेखि पूर्वी नाकाबाट तेल आयात सहज हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा शुक्रबार भएको सर्वपक्षीय बैठकपछि ढुवानी मजदुरले आन्दोलन स्थगित गरेका हुन् । पेट्रोलियम ढुवानी मजदुरको आन्दोलनका कारण झापासहित पूर्वी जिल्लामा पेट्रोलियम पदार्थको अभाव सुरु भएको थियो ।

जिल्ला प्रशासन कार्यालय झापामा शुक्रबार आयल निगमका कर्मचारी, ट्यांकर मजदुर संघका पदाधिकारी, डिलर्स एसोसिएसनका पदाधिकारी र प्रमुख जिल्ला अधिकारीसहितको वार्तापछि ट्यांकर मजदुरहरु आन्दोलन स्थगित गर्न सहमत भएका हुन् ।

मजदुर संघले निगमलाई बुझाएको १५ बुँदे माग सबैभन्दा पहिला सुनुवाइ हुनुपर्ने अडान राखेका थिए । वार्तामा सात सदस्य रहेको तलब भत्ता समायोजन समिति समेत गठन गरिएको छ ।

डिलर्स एसोसिएसन मेचीका वरिष्ठ उपाध्यक्ष नविन कोइरालाको संयोजकत्वमा मजदुर, आयल निगमका कर्मचारी र डिलर्स पदाधिकारी सम्मिलित समिति गठन गरिएको छ ।

समितिले मजदुरका माग सम्बन्धमा केन्द्रमा जानकारी गराएर कार्यान्वयनका लागि पहल गर्ने सहमति भएको ट्यांकर इकाइ कार्यालय चारआलीका अध्यक्ष तोकप्रसाद दुलालले बताए ।

आन्दोलन स्थगित भएसँगै सिलिगुडी डिपोबाट झापासहित पूर्वका चार जिल्लामा शनिबारदेखी पेट्रोलियम पदार्थ ढुवानी हुने भएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.