प्रहरीको आँखामा खुर्सानी फालेर चोर भागेपछि ......

प्रहरीको आँखामा खुर्सानी फालेर चोर भागेपछि ......

नेपालगन्जः शुक्रबार बाँकेको नेपालगन्जमा एकजना कैदीबन्दीले प्रहरीको आँखामा खुर्सानीको धुलो फालेर भाग्ने प्रयास गरेका छन्। प्रहरीले निगरानी गरिरहेका कारण उनको उक्त योजना भने सफल हुन सकेन।जवरजस्ती करणी मुद्दामा जिल्ला कारगार बाँकेमा विगत एक वर्षदेखि सजाय काटिरहेका २६ वर्षीय बसिर साईले प्रहरीको आँखामा खुर्सानीको धुलो फालेर भाग्ने प्रयास गरेका हुन्।

हर्नियाको उपचारका लागि भेरी अन्चल अस्पतालमा लगिएका साईले प्रहरी जवान शिव भुसालको आँखामा खुर्सानीको धुलो फालेर भाग्ने प्रयास गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर तामाङले जानकारी दिए।‘बिहान १० बजेतिर अस्पताल लगिएका साईले शौचालय जान्छु भनेको र शौचालयबाट फर्किने वित्तिकै ढोकामा उम्भिएका प्रहरी जवान भुसालको आँखामा खुर्सानी फालेर भागेका थिए’ जवान भुसाललाई उद्दृत गर्दै एसपी तामाङले भने।

जवानलाई खुर्सानीको धुलो फालेर भागेपनि अस्पताल परिसरमा सुरक्षा निगरानी कडा भएका कारण उनको योजना प्रहरीले विफल भएको । भागे लगत्तै साईलाई प्रहरी र अस्पतालमा रहेका मानिसले अस्पताल परिसरबाटै पक्राउ गरेको थिए । आँखामा खुर्सानी लागेर घाइते भएका प्रहरी जवान भुसालको आँखा अस्पतालमा उपचार गरिएको छ। जानकी गाउँपालिका गनापुरका साईले २०७३ फागुन १४ गतेदेखि १० वर्ष कारागार सजाय काटिरहेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.