सेनाको सुरक्षा रहेको वनमा किशोरीको हत्या, गाडिएको अवस्थामा शव

सेनाको सुरक्षा रहेको वनमा किशोरीको हत्या, गाडिएको अवस्थामा शव

वीरगन्जः पर्सा राष्ट्रिय निकुञ्जको जङ्गलमा एक किशोरीको शव खाल्डो खनेर गाडिएको शव प्रहरीले शुक्रवार उत्खनन् गरी निकालेको छ ।

ठोरी गाउँपालिका–५ सुवर्णपुर चोकदेखि झन्डै १० किलोमिटर उत्तरपश्चिमको पर्सा राष्ट्रिय निकुञ्जको जङ्गलमा फागुन २२ गतेदेखि हराएकी जिराभवानी गाउँपालिका–१ महादेवपट्टीको गम्हरीयाका बुधन धाँगडकी छोरी १६ वर्षीया भुट्टी भनिने निदुवा धाँगडको शव प्रहरीले निकालेको हो ।

निकुन्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको गडुवा लाइन पोस्टबाट डेढ किलोमिटरको दुरीमा गाडिएको स्थानबाट प्रहरीले शुक्रवार उत्खनन् गरेर निदुवाको शव निकालेको हो ।

शव पोस्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा पठाइएको पर्साका प्रहरी उपरीक्षक डाक्टर गणेश रेग्मीले बताए । निदुवा गत फागुन २२ गतेदेखि घरमा नदेखिएपछि प्रहरीले बिहीबारदेखि अनुसन्धान अघि बढाएको थियो ।

परिवारले नै गाडे शव ?

प्रहरीले निदुवाका बुवा बुधन, उनका छिमेकी मुनिलाल धाँगड र २२ गते निदुवासँगै दाउरा लिन जङ्गलमा गएका निदुवाका छिमेकीहरू जिरा देवी धाँगड, बबी धाँगड र पनिया देवी धाँगडसहित पाचजनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

प्रहरीले नियन्त्रणमा लिएकाहरुले निदुवाको शव आफूहरूले नै गाडेको स्वीकार गरिसकेको प्रहरी श्रोतले जनाएको छ । तर निदुवाको हत्या कसले र किन ग¥यो भन्ने खुल्न नसकेको प्रहरी उपरीक्षक रेग्मीले बताए ।

‘शव गाडिएको स्थानबाट एक सय मिटर पर रहेको रुखमा बाँधिएको डोरी पनि फेला परेको छ’, पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजन लिम्बुले भने, ‘निदुवाको हत्या भएको हो वा अन्य कारणले मृत्यु भोकोबारेमा अनुसन्धान गरिरहेका छाँै ।’

सेनातिर शङ्काको तीर ?

गाउँलेका अनुसार गत फागुन २२ गते घरबाट दाउरा लिन निकुन्जको जङ्गलमा निदुवासँगै गएका महिलामध्येकी एकले जङ्गलमा दाउरा सङ्कलन गरिरहेका बेला सेनाले लखेट्न थालेपछि आफूहरू भाग्न सफल भएको बताएका छन् । तर निदुवालाई भने सेनाले नियन्त्रणमा लिएको बयान उनले दिएकी छन् । निदुवालाइ खोज्दै जाँदा रुखमा झुन्डिएको अवस्थामा शव फेला परेको उनले बताएकी थिइन् ।

यता प्रहरी नियन्त्रणमा रहेका निदुवाका बुबा बुधनले भने फागुन २२ गते अबेरसम्म छोरी घर नफर्किएको बताउँदै उनीसँगै दाउरा लिन गएका महिलाहरूले सेनाले नियन्त्रणमा लिएको खबर दिएका बताए । त्यसपछि खोज्दै जाँदा निदुवाको शव रुखमा डोरीले बाँधेर झुन्डिएको अवस्थामा फेला परेको बयान बुधनले दिएको प्रहरी श्रोतले बताएको छ ।

बुवाले सुरुमा ढाँटे

फागुन २२ देखि जङ्गलमा एक किशोरी हराएको हल्ला चलेपछि बिहीबार प्रहरी चौकी सुर्वणपुरका प्रहरीले निदुवाको घरमा गएर उनका बुवासँग सोधपुछ गर्दा छोरी बिहे गरेर भारत गाइसकेको भन्दै ढाँटेका थिए ।

तर पछि निदुवासँगै जङ्गलमा दाउरा लिन गएका महिलामध्येकी जिरा देवी धाँगडले उनी जङ्गलमै बेपत्ता भएको बताएपछि प्रहरीले निदुवाका बुबा बुधन, छिमेकी मुन्नीलाल र दाउरा लिन निदुवासंगै जङ्गलमा गएका तीन महिलालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको थियो । जीरादेवीले दिएको बयानकै आधारमा बिहीबार साँझ प्रहरी जङ्गलमा शव गाडिएको स्थानसम्म पुग्न सफल भएको थियो ।

‘शव गाडिएको स्थान जङ्गलको बिचमा छ, त्यहाँ वरपर कि त सेना मात्रै जान सक्छ, कि त दाउरा घाँस काट्न जानेहरु मात्र पुग्न सक्छन्’, नाम नखुलाई एक प्रहरी अधिकृतले भने,‘अनुसन्धानका क्रममा किशोरीका बुबाले पहिले त छोरी बिहे गरी भारत गाइसकेको भनेर बयान दिएका थिए । तर निदुवासँगै दाउरा लिन गएका महिलाहरूले निदुवा जङ्गलमै बेपत्ता भएको बयान दिएपछि बुधनले पनि बयान फेरेका छन्, यसले घटना झनै शंकास्पद देखिएको छ । बलात्कारपछि निदुवालाई झुण्डयाएर हत्या गरेको पनि हुन सक्छ । तर हामी अनुसन्धानकै क्रममा छौँ, यकिनसाथ केही भन्न सकिने अवस्था छैन ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.