मन्त्री बनेपछि किन पेरिसडाँडा पुगे माओवादी नेता ?
काठमाडौं : माओवादी केन्द्रका तर्फबाट नवनियुक्त मन्त्री बनेका नेता शपथ लिए लगत्तै पार्टी मुख्यालय पेरिसडाँडामा पुगेका छन् । माओवादी स्रोतका अनुसार सबै नवनियुक्त मन्त्रीले सहिद तथा बेपत्ता स्मृतिस्तम्भमा माल्यार्पण गरेका छन् ।
माओवादी केन्द्रका कार्यालय सचिव प्रकाश पोखरेलका अनुसार नवनियुक्त मन्त्रीले शहीद तथा बेपत्ता स्मृतिस्तम्भमा माल्यार्पण गरी जनपक्षीय काम गर्ने प्रतिबद्धता जनाएका छन्।
माओवादी केन्द्रबाट शुक्रबार वर्षमान पुन, ऊर्जा जलस्रोत तथा सिँचाइ, गिरिराजमणि पोखरेल शिक्षा विज्ञान तथा प्रविधि, शक्तिबहादुर बस्नेत वन तथा वातावरण, चक्रपाणि खनाल कृषि तथा भूमि व्यवस्था र सहकारी र बीना मगर खानेपानी मन्त्री बनेका छन् । त्यसैगरी माओवादीको तर्फबाट रामकुमारी चौधरी कृषि तथा भूमि व्यवस्था र सहरकारी राज्यमन्त्री बनेकी छिन् ।