परीक्षा शुल्क नगरपालिकाले तिर्ने

परीक्षा शुल्क नगरपालिकाले तिर्ने

परासी : पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले नगर क्षेत्रमा रहेका निजी विद्यालयले कक्षा ८ को परीक्षा शुल्कबापत विद्यार्थीबाट लिँदै आएको शुल्क व्यहोर्ने भएको छ। चैत ८ गतेदेखि कक्षा ८ को आधारभूत तहको अन्तिम परीक्षा सञ्चालन हुँदै छ। स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा शिक्षासम्बन्धी २३ वटा अधिकार स्थानीय तहलाई दिएको छ। शिक्षासम्बन्धी अधिकारअन्तर्गत विद्यार्थीबीच समान पहुँच पुर्‍याउने उद्देश्यले निजी विद्यालयको परीक्षा व्यवस्थापन र सञ्चालन खर्च नगरपालिकाले व्यहोर्ने निर्णय गरिएको रामग्राम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले जानकारी दिए।

सरकारले निःशुल्क शिक्षाको व्यवस्था गरे पनि यहाँका केही सामुदायिक विद्यालयले केही वर्षयत परीक्षाबापत विद्यार्थीबाट शुल्क लिँदै आएको छ। नगरपालिकाले यस वर्षदेखि नगर क्षेत्रका कुनै पनि विद्यालयलाई कक्षा ८ को परीक्षाबापत शुल्क नलिन निर्देशन गरेको प्रमुख प्रशासकीय अधिकृत पन्तले बताए। नगरपालिकाको निर्देशनअघि केही सामुदायिक विद्यालयले परीक्षाबापत १ सय ५० र निजी विद्यालयले ५ सय रुपैयाँ प्रतिविद्यार्थी परीक्षा शुल्क उठाइसकेको छ। परीक्षाबापत शुल्क लिएको भन्ने जानकारी आएकाले सबै विद्यालयलाई शुल्क फिर्ता गर्न निर्देशन गरिएको पन्तले बताए।

शुल्क उठाएका निजी विद्यालयले मासिक शुल्कमा मिलान गर्ने गरी व्यवस्था मिलाउन नगरपालिकाले पत्राचार गरेको हो। परीक्षा सञ्चालन र व्यवस्थापन गर्दा प्रतिविद्यार्थी कम्तीमा १ सय ५० रुपैयाँ लाग्ने पन्तले जानकारी दिए। नगर क्षेत्रमा २९ विद्यालय छन्। रामग्राम नगरपालिकाका शिक्षा शाखा अधिकृत दिनेश गौंडका अनुसार १४ सामुदायिक र १५ निजीबाट १ हजार ४ सय १ विद्यार्थी कक्षा ८ को परीक्षामा सहभागी हुँदै छन्। १२ केन्द्र निर्धारण गरी लिइने कक्षा ८ को परीक्षामा ६ सय ५७ निजी र ७ सय ४४ सामुदायिक विद्यालयका विद्यार्थी सहभागी हुनेछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.