भारतको विश्वदृष्टि र विरोधाभास

भारतको विश्वदृष्टि र विरोधाभास

समकालीन भारतीय कूटनीतिमा श्याम शरणको महत्वपूर्व योगदान छ। स्वर्गीय जेएन दीक्षित र ललितमान सिंह जस्तै समकालीन भारतीय विदेश नीतिका केही महत्वपूर्ण निर्णयहरूमा उनको भूमिका छ। भारतका विदेश मन्त्रालयका सचिव र पूर्वप्रधानमन्त्री मनमोहन सिंहका सल्लाहकार रहिसकेका शरण अहिले आफ्ना यी भूमिकाहरूका विवरणहरूसहित नयाँ पुस्तक लिएर आएका छन्। ‘हाउ इन्डिया सिइज द वल्र्ड, फ्रम कौटिल्य टु टवान्टी फस्र्ट सेन्चुरी’ नामक उनको पुस्तक केही संस्मरण, केही भारतीय कूटनीतिको इतिहास र केही भविष्य दृष्टिकोणसहित लेखिएको छ।

विश्वकै सबैभन्दा ठूलो प्रजातन्त्र मानिएको भारत आज के सोच्छ ? उसको भविष्य अन्तर्राष्ट्रिय जगत्मा के छ ? भन्ने विषयलाई लेखकले ऐतिहासिक उदाहरणसहित पेस गरेका छन्। हिन्दु सभ्यताको जननी भारतवर्षमा प्राचीनकालमा पनि राज्यकौशल र कूटनीतिका बारेमा सोचिएको थियो, जसका उदाहरण कौटिल्य हुन्। चन्द्रगुप्त साम्राज्यका सल्लाहकार रहेका कौटिल्यले राज्यको कल्याण सक्रिय विदेशनीतिमा निर्भर हुने बताएका थिए। भारतको चीनको जस्तो ‘मध्य अधिराज्य’ अर्थात् संसारको केन्द्र ठान्ने ग्रन्थी थिएन। भारत वरपरका राज्यहरूको अस्तित्वलाई स्वीकार्ने बहुलतावादी राज्य थियो। हिमालय भारतको सुरक्षा किल्ला थियो। कौटिल्यले राज्यकलाकौशलमा साम, दाम, दण्ड र भेदको कूटनीति अपनाएका थिए।

प्राचीन कालमा पूर्वी एसियासम्म आफ्नो प्रभाव फैलाउन सफल भारत करिब दुई सय वर्ष बेलायती शासनअन्तर्गत रह्यो। सन् १९४७ मा बेलायती उपनिवेशबाट मुक्त भएपछि भारतको आधुनिक यात्रा सुरु हुन्छ। नेहरू सामाजवादी थिए, गान्धी आदर्शवादी। स्वतन्त्रता संग्रामपश्चात् विश्व दुईध्रुवीय शीतयुद्ध कालमा प्रवेश गरेको थियो। भारतले असंलग्नता र पञ्चशीलको नीति लियो। यी नीतिहरूलाई शरणले उचित भएको बताएका छन्। तर, शीतयुद्धकालमा भारतले सन् १९७१ मा आएर साम्यवादी सोभियत संघसँग शान्ति र मैत्री सन्धि गरे पनि गैरसाम्यवादी खेमासँग भारतको सम्बन्ध कायमै रहेको दाबी उनले पुस्तकमा गरेका छन्।

आज भारत विश्वशक्ति बन्ने सोचका साथ अगाडि बढिरहेको छ। के भारत त्यसका लागि आन्तरिक रूपमा तयार छ ? आज भारतसँग उसको स्वतन्त्रता संग्रामका बेला विभाजित भएको राष्ट्र पाकिस्तानसँग वैरभाव छ। अहिलेसम्म भारतले पाकिस्तानसँग चारवटा युद्ध लडिसकेको छ। रणनीतिक रूपमा पाकिस्तान अहिले चीनसँग आ िश्रत छ। सन् १९७२ मा तिब्बतका दलाइ लामालाई भारतका प्रधानमन्त्री जवाहरलाल नेहरूले आ श्रय दिएपछि सुरु भएको तिक्तता पछि युद्धमा परिणत भयो। यो युद्धमा भारतको पराजय भएको थियो। आज दक्षिण एसियामा चीनको उपस्थिति भारतको टाउको दुखाइ बनेको छ। पाकिस्तानलाई आणविक हतियारसम्पन्न बनाउन चीनको महत्वपूर्ण भूमिका छ। उत्तर शीतयुद्धकालीन यस कूटनीतिमा चीन–पाकिस्तान गठबन्धन भारतको चिन्तालाई शरण उल्लेख गर्छन्।

पुस्तकमा छिमेकी राष्ट्रहरू पाकिस्तान, नेपाल, बंगलादेश र चीनको बारेमा भिन्दाभिन्दै निबन्ध छन्। श्याम शरण नेपालको अत्यन्त संकटपूर्ण समयमा माओवादी जनयुद्धलाई शान्ति सम्झौतामा परिणत गर्ने कार्यमा संलग्न भारतीय कूटनीतिज्ञ हुन्। भारत र नेपालबीच अनेकौं सम्बन्ध भए पनि नेपालले आफ्नो आन्तरिक मामिलामा भारतलाई हस्तक्षेप गर्ने राष्ट्रका रूपमा लिने गरेकाले भारतविरुद्ध नेपाली मनोविज्ञान रहेको उनले स्वीकारेका छन्। ०६२/६३ को जनआन्दोलनमा संसद् पुनस्र्थापना र संविधानसभाको मागलाई नेपाली जनताको चाहनाअनुसार भारतले समर्थन गरेको दाबी उनी गर्छन्। आन्दोलनले नेपालमा २०४० वर्षको शाहवंशको राजतन्त्रलाई अन्त्य ग¥यो। शरण यसका साक्षी थिए।

भारत आज के सोच्छ ? उसको भविष्य अन्तर्राष्ट्रिय जगत्मा के छ ? भन्ने विषयलाई लेखकले ऐतिहासिक उदाहरणसहित पेस गरेका छन्।

बंगलादेशलाई सन् १९७१ मा पाकिस्तानबाट अलग गर्न भारतले सैन्य हस्तक्षेप गरेको थियो। भारतको उत्तरपूर्व राज्यहरूसँग जोडिएको बंगलादेश भारतको पूर्व एसियालाई हेर्ने दृष्टिको साँघुको रूपमा रहेको उनको टिप्पणी छ। भारतको स्वतन्त्रतापछिको विदेशनीति विशेष गरेर ‘नेहरू डक्ट्रिन’को नामबाट चिनिन्छ। तर, आज भारत ‘नेहरू डक्ट्रिन’को छायाँबाट धेरै अघि बढिसकेको छ। विश्वमा व्यापक परिवर्तन आएको छ। त्यस परिवर्तनबाट दक्षिण एसिया अछूतो छैन। भारतले विश्वशक्तिको हैसियत राख्ने हो भने आफ्ना छिमेकीहरूसँगको सुमधुर र समान सम्बन्धबाट मात्रै सक्दछ। शरणको यो पुस्तकमा उनी सम्झौताकर्ता भएको भारत–अमेरिका आणविक सम्झौता र मौसम परिवर्तनसम्बन्धी सम्झौताका विवरणहरू दिएका छन्।

भारत–अमेरिका आणविक सम्झौता क्रमशः दर्जनौं राष्ट्रहरूसँग गर्नु परेको कूटनीति र मौसम परिवर्तनसम्बन्धी सम्झौतामा चीन र भारतको समभावका कारण उत्पन्न परिस्थितिबारे चर्चा गरेका छन्। के भारत उत्तर शीतयुद्धकालमा पाकिस्तान र चीनको प्रतिस्पर्धा र दबाबका कारण विश्व शक्तिमा उदाउन सक्छ ? यो प्रश्न पेचिलो छ। आज अमेरिका भारतलाई विश्व व्यवस्थामा नै परिवर्तन गर्ने गरी उदाइरहेको चीनलाई रोक्न प्रयोग गर्न चाहन्छ। तर, श्याम शरणले चीन र भारतका लागि विश्वमा प्रश्स्त ठाउँ रहेको दाबी पुस्तकमा गरेका छन्।

भारत–चीन सीमा विवादका बारेमा सम्झौताको हवाला दिँदै उनी इन्दिरा गान्धीको कार्यकालमा प्रधानमन्त्रीका रूपमा उनको चीन भ्रमण गराउने तयारीको सन्दर्भ पनि खुलासा गर्छन्। तर, श्रीमती गान्धीको चीन भ्रमण भएन। आज भारत असंलग्न पराष्ट्रनीतिमा त्यति अडिग छैन। बरु आफ्नो राष्ट्रिय स्वार्थ सबैतिरबाट पूरा गर्ने नीतिमा छ। पुस्तकमा शरण सूचनाप्रविधि, विज्ञानका नयाँ आविष्कारले राष्ट्र–राष्ट्र बीचको सम्बन्धमा आमूल परिवर्तन ल्याउने पनि बताउँछन्। भारतको विश्व व्यवस्थाको अवधारणा आफ्नै भए पनि ऊ अहिले अमेरिकाले मुस्किलले नेतृत्व गरिरहेको विश्व व्यवस्थाम नै सन्तुष्ट छ। चीनको उदय भारतको प्रमुख कारण बनेको छ।

भनिन्छ, विदेश नीति घरेलु नीतिको विस्तार हो तर भारतले आफ्नो गरिबी, अन्तरमुखी र पछौटेपनमा सुधार नगरी चीनसँग प्रतिस्पर्धा गर्न सक्दैन। भारतका लागि चीन र पाकिस्तानको सबै मौसमको मित्रता नै घाँडो भएको छ। यी विषयहरूमा घोत्लिँदा घोत्लिँदै पनि चीनको विकल्प भारत हुन सक्दैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँगको सम्बन्धलाई महत्व दिए पनि महाशक्तिको साथ लिएर चीनलाई रोक्ने भारतको चाहना छ भने उता अमेरिका–चीन सम्बन्धका आधारहरू पनि महत्वपूर्ण छ। यसर्थ भारतले विश्वलाई कसरी हेर्छ भन्ने पुस्तकमा उल्लेख भए पनि श्याम शरणको अनुभवबाट विश्वलाई हेर्ने चेष्टा गरिएको छ।

पुस्तक : हाउ इन्डिया सिइज द वल्र्ड

लेखक : श्याम शरण

प्रकाशक : जगरनट

मूल्य : ९५२।– नेपाली

पृष्ठ : ३१२


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.