नेपाललाई पाँचौ सफलता : ललित राजवंशीले लिए अर्को विकेट
काठमाडौं : आईसीसी विश्वकप क्रिकेट छनोट प्रतियोगिता अन्तरगत सातौँ स्थानका लागि नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले कसिलो बलिङ गरिरहेको छ।
पहिलो ओभरमै दोहोरो सफलता पाएको नेपालले २८ ओभरमा पाँच विकेट लिएको छ। नेपालका लागि सोपाल कामी एक्लैले तीन विकेट, सन्दीप लामिछानेले चौथो र ललित राजवंशीले पाँचौं विकेट लिएका छन् ।
पहिलो ओभरमा दुई विकेट लिएका सोमपालले ६ ओभरमा पुग्दा तीन विकेट लिएका हुन्। ललितले २८ औं ओभरको पहिलो बलमा नेपालका लागि पाँचौं विकेट लिएका हुन् ।
नेपालको कसिलो बलिङको सामना गरिरहेको नेदरल्याण्डले २८ ओभर खेल्दा पाँच विकेटको क्षतिमा ८८ रन बनाएको छ ।