नेपाललाई अर्को सफलता : सन्दीप लामिछानेले लिए सातौं विकेट
काठमाडौं : आईसीसी विश्वकप क्रिकेट छनोट प्रतियोगिता अन्तरगत सातौँ स्थानका लागि नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले बलिङ गरिरहेको छ।
पहिलो ओभरमै दोहोरो सफलता पाएको नेपालले ३८ ओभरमा नेदरल्यान्ड्को सात विकेट लिएको छ। नेपालका लागि सोपाल कामी एक्लैले तीन विकेट, ललित राजवंशी र सन्दीप लामिछानेले दुईदुई विकेट लिए ।
पहिलो ओभरमा दुई विकेट लिएका सोमपालले ६ ओभरमा पुग्दा तीन विकेट लिएका थिए। २८ औं ओभरको पहिलो बलमा नेपालका लागि पाँचौं विकेट लिएका ललितले ३७ औं ओभरमा व्यक्तिगत दोस्रो र नेपालका लागि छैटौं विकेट लिएका हुन् । सन्दीप लामिछानेले ३८ औं ओभरमा व्यक्तिगत दोस्रो विकेट लिएका हुन् ।
नेपालको बलिङ सामना गरिरहेको नेदरल्याण्डले ३९ ओभर खेल्दा ७ विकेटको क्षतिमा १३५ रन बनाएको छ ।