नेपाललाई नेदरल्यान्ड्‍सले दियो १९० रनको चुनौती

नेपाललाई नेदरल्यान्ड्‍सले दियो १९० रनको चुनौती

काठमाडौं : आईसीसी विश्वकप क्रिकेट छनोट प्रतियोगिता अन्तरगत सातौँ स्थानका लागि नेदरल्यान्ड्सले नेपाललाई १९०रनको चुनौती दिएको छ ।

जिम्बाब्बेमा जारी एक दिवसीय विश्वकप छनोटको शनिबारको प्लेअफ अन्तरगत सातौं स्थानका लागि भएको खेलमा नेदरल्याड्सले टस जितेर व्याटिङ रोजेको थियो ।

नेपालका लागि सर्वाधिक चार विकेट सोमपाल कामीले लिए भने सन्दीप लामिछाने, ललित राजवंशीले दुई–दुई विकेट लिए भने शक्ति गौचनले एक विकेट लिए । पहिलो ओभरमै नेपालका लागि सोमपालले दुई विकेट लिँदा नेदरल्यान्ड्सका ब्याट्सम्यान सुरुमै दबाबमा परेका थिए ।

यद्यपी सुरुवाती ब्याट्सम्यान सस्तैमै समेटिए पनि पछिल्ला क्रमका ब्याट्सम्यानले टिकेर खेल्दा नेदरल्यान्ड्सले ९ विकेटको क्षतिमा पूरै ओभर खेल्दै नेपाललाई १९० रनको चुनौती दिएको हो ।

बिहीबारको खेलमा पयुवा न्यूगिनीलाई पराजित गरेको नेपालले एकदिवसीय टोलीको मान्यता पाउने पक्का भइसकेको छ । समूह चरणको खेलमा तीन खेलमा पराजि भइ एक खेलमा मात्रै जित हात पारेको नेपाल सुपर सिक्स मा पर्न नसकेका कारण विश्वकप छनोटबाट बाहिरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.