१९० रन पछ्याएको नेपालको खराब प्रदर्शन : २६ ओभरमा ७ विकेट गयो
काठमाडौं : आईसीसी विश्वकप क्रिकेट छनोट प्रतियोगिता अन्तरगत सातौँ स्थानका लागि नेदरल्यान्ड्सले नेपाललाई दिएको १९० रनको लक्ष्य पछ्याउने क्रममा खराब प्रदर्शन गरेको छ।
जिम्बाब्बेमा जारी एक दिवसीय विश्वकप छनोटको शनिबारको प्लेअफ अन्तरगत सातौं स्थानका लागि भएको खेलमा नेदरल्याड्सले टस जितेर व्याटिङ रोजेको नेपाललाई नेदरल्याण्डले पूरै ओभर खेल्दै ९ विकेटको क्षतिमा १९० रनको चुनौती दिएको थियो।
लक्ष्य पछ्याउने क्रममा नेपालका ओपनर र दोस्रो र तेस्रो चणका ब्याट्म्यान आउट भइसकेका छन्। सातौं विकेटका रुपमा शक्ति गौचन आउट भएका छन् । २४ ओभरमा छैटौं विकेटको रुपमा दीपेन्द्र सिंह ऐरी आउट भए थिए। दीपेन्द्रसिंह ऐरीले ३७ बलमा सर्वाधिक २५ रन बनाए। शक्ति दुई बलमा शून्य रनमै आउट भए ।
यसअघि ज्ञानेन्द्र मल्ल १६ बलमा चार रन, अनिल शाह ३० बलमा आठ रन, पारस खड्का ३७ बलमा २२ रन बनाएर आउट भएका छन्।
अहिले ब्याटिङमा सोमपाल कार्मी र करण केसी छन्।
बिहीबारको खेलमा पयुवा न्यूगिनीलाई पराजित गरेको नेपालले एकदिवसीय टोलीको मान्यता पाउने पक्का भइसकेको छ। समूह चरणको खेलमा तीन खेलमा पराजि भइ एक खेलमा मात्रै जित हात पारेको नेपाल सुपर सिक्स मा पर्न नसकेका कारण विश्वकप छनोटबाट बाहिरिएको थियो।