नेपाल नेदरल्यान्ड्ससँग ४५ रनले पराजित

नेपाल नेदरल्यान्ड्ससँग ४५ रनले पराजित

काठमाडौं : एक दिवसीय विश्व कप छनोटमा नेपालले आठौं स्थान हात पारेको छ । शनिबार भएको सातौं स्थानको प्ले अफ फाइनलमा नेदरल्यान्ड्ससँग ४५ रनले पराजित भएपछि नेपाल १० टोली सम्मिलत प्रतियोगितामा आठौं बनेको हो ।

प्रतियोगिताको सुपर सिक्स चरणमा पुग्न असफल भएपछि नेपालले सातौं स्थानको प्ले अफ खेलेको थियो । यद्यपि प्ले अफको पहिलो खेलमा पपुवा न्यूगिनीलाई ६ विकेटले पराजित गरेको नेपालले पहिलो पटक एक दिवसीय टोलीको मान्यता भने पक्का बनाएको छ ।

सन् २००५ देखि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसिसी) को विश्व क्रिकेट लिग खेल्न सुरु गरेको नेपालले पहिलो पटक डिभिजन एकसहित एक दिवसीय टोलीको मान्यता पक्का गरेको हो । नेपाल आगामी चार बर्ष सन् २०२२ सम्म डिभिजन एक र एक दिवसीय टोलीको हैसियतमा रहने छ ।

प्ले अफको फाइनल खेलमा नेदरल्यान्ड्ससँग पराजित भएपछि भने नेपाल आठौं स्थानमा खुम्चिन पुगेको हो । जिम्बाबेमा टस जिती पहिले ब्याटिङमा आएको नेदरल्यान्ड्सलाई निर्धारित ५० ओभरमा नौं विकेट लिँदै एक सय ८९ रनको सहज योगफलमा समेटेको थियो । जवाफी ब्याटिङमा नेपालले ४४ दशमलव चार ओभरमा सबै विकेट गुमाएर १४४ रन मात्र बनाउन सक्यो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.