सुनसरीको मधुवनमा भीषण आगलागी

सुनसरीको मधुवनमा भीषण आगलागी

धरान : सुनसरीको बराहनगरपालिका–११ स्थित मधुवनमा भीषण आगलागी भएको छ। शनिबार राति भएको आगलागीबाट ९० घर जलेर नष्ट भएका छन् भने १८ चौपायाको मृत्यु भएको छ।

मधुवनको सरदार टोलका पुरन चौधरीको घरमा विद्युत सर्ट भएर सुरु भएको आगो बस्तीका अन्य घरमा फैलिएपछि आगोले भीषण रुप लिएको थियो। आगलागीमा ४६ परिवारका ९० घर जलेर खरानी भएको भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका निमित्त प्रमुख डिएसपी नारायण चिमोरियाले बताएका छन्।

आगलागीमा एउटा गाई, दुईवटा गाईका बाछा र १५ बाख्राको जलेर मृत्यु भएको उनले जानकारी दिए। आगो नियन्त्रण गर्ने क्रममा कोसी गाउँपालिकाका ४१ वर्षिय प्रभु सरदार घाइते भएका छन्। उनको नोवेल मेडिकल कजेल विराटनगरमा उपचार भैरहेको छ।

रातिको समयमा आगलागी भएका कारण समयमा आगो नियन्त्रण गर्न नसकिएको डिएसपी चिमोरियाले बताएका छन्। धरान, इटहरी,  इनरुवा र विराटनगरका पाँचवटा दमकलको सहायतामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय वासिन्दाले आगो नियन्त्रणमा लिएका थिए।

आगलागीबाट घरमा भएका नगद, लत्ता कपडा, भाडा वर्तन र अन्नपात सबै जलेर खरानी भएका छन्। पीडितलाई स्थानीय सरकारले राहत उपलब्ध नगराएका कारण उनीहरू विचल्लीमा परेका छन्। आगो नियन्त्रणमा आएपछि एक नम्बर प्रदेशका वनमन्त्री जगदीश कुसियतको नेतृत्वमा सुनसरीका सुरक्षा प्रमुखहरू घटनास्थल पुगेका छन्।

आगलागीबाट घरविहीन भएका पीडितहरूले तत्काल राहत उपलब्ध गराउन माग गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.