संसारका १८० देशमा अमेरिकी सेना, कति देशमा युद्ध गर्दैछ ?
एजेन्सी: अघिल्लो साल अक्टोबर महिनामा नाइजरमा एम्बुस लगाएर गरिएको हमलामा चार अमेरिकी सैनिक मारिए । अमेरिकी सैनिक मालीको सीमामार एक अपरेशनलाई अन्तिम रुप दिँदै थियो ।
अमेरिकाका लागि यो कुनै झट्का भन्दा कम थिएन । पश्चिम अफ्रिकाको यो यस्तो इलाका हो जहाँ सायद कसैलाई पनि अमेरिकी सैनिकको अभियान चलिरहेको छ भन्ने थाहा थियो ।
ब्रह्माण्डको सबैभन्दा शक्तिशाली अमेरिकाका दुई लाख भन्दा धेरै सैनिक अहिले पनि विश्वभरका १८० देशमा फैलिएका छन् । तर पनि यीमध्ये ७ वटा देशमा भने अमेरिकी सैनिक सक्रिय रूपमा सैन्य अभियानमा सामेल छन् । जापान र दक्षिण कोरियादेखि गहिरो मित्रता रहेका देशदेखि युद्ध भइरहेका अफ्रिकन मुलुकमा पनि अमेरिकन सेना फैलिएका छन् ।
यो कुराको जानकारी अमेरिकी सरकारकै एक गोप्य दस्तावेजबाट चुहिएको हो । ट्रम्प सरकारले अमेरिकी कांग्रेसलाई पठाएको त्यस दस्तावेजको समाचार न्यूयोर्क टाइम्समा छापिएको छ । अमेरिकी सेना सक्रियरुपमा अभियानमा सक्रिय ती देशबारे तपाईँलाई कति थाहा छ ? आउनुस् चर्चा गरौँ ।
अफगानिस्तान
अफगानिस्तानमा अहिले पनि १३ हजार ३ सय २९ सैनिक सक्रिय छन् । ११ सेप्टेम्बर २००१ मा वासिङ्गटन र न्यूयोर्कमा तालिबान र अलकायदाको हमलापछि अमेरिकी सैनिकलाई यहाँ पठाइएको थियो ।
अमेरिकालाई अफगानिस्तानमा तालिबानसँग लामो लडाइँ लडिरहनुपरेको छ । तर पनि अहिलेसम्म त्यहाँको युद्ध नसकिएकाले अमेरिकी सेना अफगानिस्तानबाट निस्कन सकेको छैन ।
विश्वकै सबैभन्दा शक्तिशाली देश अमेरिकाका लागि अफगानिस्तानको लडाईँ अहिले पनि सबैभन्दा ठुलो चुनौती बनेको छ । अमेरिकाले यहाँ अलकायदा, तालिबान, इस्लामिक स्टेट र हक्कानी नेटवर्कबाट कडा चुनौती पाइरहेको छ।
इराक
सद्दाम हुसेनको अन्त्यपछि अमेरिकी सेना अहिले इस्लामिक स्टेटको लडाकुसँग भिडिरहेको छ । सद्दाम हुसेनको हत्या गरिएपछि इराक नराम्ररी अशान्त छ । इस्लामिक स्टेटका कारण देशभर हिंसा जारी छ । यहाँको हिंसा नथामिएपछि अझै पनि यहाँ अमेरिकी सैनिक फसेका छन् । अहिले इस्लामिक स्टेटका लडाकुसँग अमेरिकी सैनिक लडिरहेको छ ।
सिरिया
सिरियामा अमेरिकाका नेतृत्वको अन्तराष्ट्रिय बलले सन् २०१७ मा लाखौँ मानिसलाई यहाँबाट चरपन्थीको कब्जा रहेको क्षेत्रबाट मुक्त गराएको छ । इराक र सिरियामा चरमपन्थी समूहका ९८ प्रतिशत कब्जा समाप्त गरिदिएको छ । सिरियामा कम्तिमा पनि डेढ हजार सैनिक रहेका छन् । यी सैनिक आफ्नो अभियानलाई अन्तिम रुप दिइरहेका छन् । सिरियामा अहिले पनि स्थिति सामान्य छैन । सिरियामा अमेरिकी र रुसी सैनिक अहिले पनि एकअर्काको पक्षमा युद्ध लडिरहेका छन् ।
यमन
अमेरिकी सैनिकको उपस्थिति यमनमा पनि रहेको छ। यहाँ अमेरिकी सैनिक अल कायदासँग लडिरहेका छन् । ट्रम्प सरकारले अमेरिकी कांग्रेसलाई पठाएको रिपोर्टमा यमनमा अमेरिकी सेना आंशिक रूपमा हूती विद्रोहीविरुद्ध साउदी अरबको नेतृत्व गर्ने बललाई सघाइरहेको छ । यो सहयोग केबल सैन्यस्तर मात्र नभई जासुसी सूचना आदानप्रदानको तहमा पनि छ ।
सोमालिया
सोमालियामा अमेरिकाका ३०० सेना छन् । उनीहरु सोमालियास्थित चरमपन्थी संगठन अल-शबाबविरुद्ध अपरेशनलाई टुंगोमा पुर्याउन सक्रिय छन् ।
सन् १९९३ मा सोमालियामा अमेरिकी बलले नमिठो क्षति भोग्नु परेको थियो । अमेरिकी सैनिकले मोहम्मद फराह अईदिदलाई पक्रने अभियान चलाइरहेका बेला कम्तिमा पनि १८ सैनिक मारिएका थिए । यो अपरेशन यति घातक सावित भयो कि सोमालियामा सैन्य अभियानका क्रममा १८ सैनिकले ज्यान गुमाउनुपर्यो ।
लिबिया
लिबियामा अमेरिकी सैनिकको उपस्थिति एकदमै थोरै छ । अमेरिकी कांग्रेसलाई पठाइएको रिपोर्टमा ट्रम्प प्रशासनले लिबियामा पनि अमेरिकी सैनिक इस्लामिक स्टेटविरुद्ध युद्ध लडिरहेको जनाएको छ। लिबियामा गद्दाफीको शासन समाप्त भएपछि अशान्तिको माहोल कायमै छ ।
नाइजर
नाइजरमा अमेरिकाका करिब ५०० सैनिक सक्रिय छन् । अक्टोबर २०१७ मा चार अमेरिकी सैनिकको ज्यान लिएपछि यहाँ इस्लामिक स्टेटविरुद्ध अभियान जारी छ । अमेरिकामा यी सैनिकको मृत्युबारेमा तीब्र बहस पनि भइरहेको छ । पश्चिमी अफ्रिकी देश नाइजरमा आफ्ना सैनिकको उपस्थितिको समाचार आम अमेरिकीकी लागि एकदमै नयाँ कुरा थियो ।