माइक्रोम्याक्सको एक्स ४०९ बारफोन र क्यु ३५३ स्मार्टफोन बजारमा

माइक्रोम्याक्सको एक्स ४०९ बारफोन र क्यु ३५३ स्मार्टफोन बजारमा

काठमाडौं : विश्व बजारमा निरन्तर रुपमा माइक्रोम्याक्सले आफूलाई उत्कृष्ट ब्राण्डको रुपमा स्थापित गर्दै आएको छ । माइक्रोम्याक्सका फोनहरु बजेट अनुकुल फोनको लागि प्रसिद्ध छ ।

माइक्रोम्याक्सले सधैं उत्कृष्टताका साथ आफ्ना ग्राहकलाई खुसी राखेको छ । कम्पनीले हालै एक्स ४०९ बारफोन र क्यु ३५३ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ ।

माइक्रोम्याक्सको एक्स ४०९ मोडलमा १.८ इन्चको स्कृन जडान गरिएको छ भने फ्रन्ट र रियर क्यामेरा जडान भएको छ । यो फोनमा २ वटा सिमकार्डको प्रयोग गर्न सकिन्छ ।

उक्त फोनमा ८०० एमएचको ब्याट्री प्रयोग गरिएको छ । यसका साथै एफएम रेडियो, भ्वाइसकल रेकडिङ, म्युजिक प्लेयर र भिडियो प्लेयर समेत जडान भएको छ । यस फोनको बजार मूल्य १०२५ रुपैयाँ रहेको छ । कम्पनीले यो फोनमा १०० दिनसम्म फिर्तागर्न सक्ने ‘रिप्लेसमेन्ट वारेन्टि’ जारी गरेको छ ।

कम्पनीले बजारमा ल्याएको बजेट स्मार्ट फोनमा क्यु ३५३ हो, यस फोनमा १.३ कोर र १ जिबि ¥याम रहेको छ । पाँँच इन्चको एचडी डिस्प्ले जडान भएको यस फोनमा ७२० १२८० पिक्सल रिजोलुसन रहेको छ ।

यो फोनमा दुई हजार एमएचको ब्याट्री प्रयोग भएको छ । जसको प्रयोगले भिडियो हेर्न र गेम खेल्न सहज हुन्छ । यसमा रियर र फ्रन्ट दुवै क्यामेरा पाँच मेगा पिक्सलको जडान भएको छ । यसमा ७.० नुगट अपरेटिङ सिस्तमको जडान गरिएको छ ।

यसमा प्रसस्त स्टोरेज क्षमता रहेको छ । १ जिबी याम र ८ जिबी रोम रहेको यस फोनमा ३२ जिबीसम्मको मेमोरीकार्ड प्रयोग गर्न सकिन्छ । थ्रिजी नेटवर्क सपोर्ट गर्ने फोनमा २ वटा सिमकार्डको प्रयोग गर्न सकिन्छ ।

माइक्रोम्याक्सको यो उत्कृष्ट प्रिमियम स्मार्टफोनहरु मध्येको एक, बहुप्रतिक्षित स्मार्टफोन क्यु ३ एन्ड्रोयड बजेट स्मार्टफोनको प्रिमियम मूल्य ६ हजार आठ सय २० राखेको छ । यो बजेट स्मार्टफोन बजारमा आएका अन्य बजेट स्मार्टफोनहरु भन्दा उत्कृष्ट फोनमा पर्छ ।

जसले कुनैपनि समयमा कार्य दक्षतामा कमी आउन दिँदैन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.