आगलागीमा ७० घर नष्ट, १८ चौपायाको मृत्यु

आगलागीमा ७० घर नष्ट, १८ चौपायाको मृत्यु

धरान : सुनसरीको बराह नगरपालिका–११ स्थित मधुवनमा भिषण आगलागी भएको छ । शनिबार राति भएको आगलागीमा परेर ४६ परिवारका ७० घर जलेर नष्ट भएका छन् भने १८ चौपायाको ज्यान गएको छ ।

मधुवनको सरदार टोलका पुरन चौधरीको घरमा विद्युत सट भएर सुरु भएको आगो बस्तीका अन्य घरमा फैलिएपछि आगोले भिषण रुप लिएको थियो । मध्यरातमा आगलागी भएका कारण समयमा नियन्त्रण हुन नसक्दा सिंगो सरदार बस्ती खरानीमा परिणत भएको थियो ।

आगलागीमा राजेन्द्र मण्डल, हरिहर मण्डल, अशोक सरदार, किसुनदेव सरदार, भोला सरदार, मुक्तार मियाँ, हरि सरदार, रिनादेवी सरदार, प्रमोद सरदार, पून्य चौधरी लगायतको घर जलेर नष्ट भएको छ ।

त्यस्तै, आगलागीमा स्थानिय मुगालाल चौधरी, जयनारायण चौधरी, भगत चौधरी, देवनारायण चौधरी, दर्शन चौधरी, रमानन्द चौधरी, ओमप्रकाश चौधरी, जयप्रकास चौधरी, कान्छा सरदार, भुलैया देवी सरदार, सोनाइ चौधरी, लक्ष्मण सरदार, मोहन सरदार लगायत ४६ परिवारका ७० घर जलेर नष्ट भएको सुनसरीका निमित्त प्रहरी प्रमुख डिएसपी नारायण चिमोरियाले बताए ।

अधिकांश घरमा फुस र टिनको छानो भएको र घर नजिकै परालको कुन्यु समेत भएकाले आगोले भिषण रुप लिएको चिमोरियाले बताए । आगलागीमा एउटा गाई, दुई बाछा र १५ बाख्राको जलेर मृत्यु भएको छ ।

आगो नियन्त्रण गर्ने क्रममा कोसी गाँऊपालिकाका ४१ वर्षीय प्रभु सरदार पनि घाइते भएका छन् । उनको नोबेल मेडिकल कजेल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । शनिबार राति सुरु भएको आगो धरान, इटहरी, इनरुवा र विराटनगरबाट आएका पाँच दमकलको सहायतामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानियले नियन्त्रणमा लिएका थिए ।

आगलागीबाट करिब एक करोड ५० लाख बढीको क्षति भएको अनुमान गरिएको छ । आगलागीमा घरमा भएका नगद, लत्ता कपडा, भाडा वर्तन र अन्नपात सबै जलेर खरानी भएका कारण पिडित परिवारको विचल्ली भएको मोहन सरदारले बताए ।

उनले स्थानीय प्रशासनले प्रयाप्त राहत वितरण नगरेका कारण सयां पिडितहरु खुल्ला आकाश मुनि बस्न बाध्य हुनु परेको गुनासो गरेका छन् । जिल्ला दैवि प्रकोप उद्धार समितिले पिडितलाई नगद पाँच हजार र रेडक्रस सुनसरीले त्रिपाल लगायतका राहत सामाग्री वितरण गरेको छ ।

बराह नगरपालिकाका मेयर निलम खनालले पिडितको पहिचान गरी सोमबार सम्ममा नगद वितरण गर्ने बताए । शनिबार भएको आगलागीको प्रदेश १ सरकारका मन्त्रीले घटनाको स्थलगत निरीक्षण गरी पिडितको पुनर्वासका लागि पहल थाल्न स्थानिय प्रशासनलाई निर्देशन दिएका छन् ।

प्रदेश एक सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला, कानुन तथा गृह मन्त्री हिक्मत काकी र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री जगदीसप्रसाद कुसियतले घटनाको स्थलगत निरीक्षण गरी पिडित परिवारलाई पुनस्र्थापनाका लागि सक्दो सहयोग गर्ने बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.