धनगढी क्रिकेट एकेडेमीलाई जेसीज कपको उपाधि

धनगढी क्रिकेट एकेडेमीलाई जेसीज कपको उपाधि

घोराही : दाङमा सञ्चालन भएको क्लब स्तरिय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि धनगढी क्रिकेट एकेडेमीले जितेको छ । त्रिभुवन नगर जेसिजको आयोजना तथा दाङ क्रिकेट संघको प्राविधिक सहयोगमा सञ्चालन भएको प्रतियोगिताको फाइलन खेलमा जगबार क्रिकेट क्लबलाई ५९ रनले पराजित गर्दै धनगढी च्याम्पियन बनेको हो ।

दाङको घोराही क्रिकेट मैदानमा भएको फाइनल खेलमा धनगढी क्रिकेट एकेडेमीले २० ओभर खेल्दै ९ बिकेट गुमाएर एक सय ५१ रन बनाएको थियो । खेलमा धनगढीका बसन्तसिंह कार्कीले ४२, प्रकाश जैसीले ३० रनको योगदान गरेका थिए ।

एक सय ५२ रनको लक्ष्य पछ्याएको टिम जगवार क्रिकेट क्लबले १९ दशमलब ४ ओभरमा ९२ रन बनाउदै अलआउट भएको थियो । जगवारका लागि इमरान आलमले २१ रन बनाउनु बाहेक अन्य कुनै ब्याटसम्यानले उल्लेय प्रदर्शन गर्न सकेनन् ।

धनगढीका पवन कार्की र विनोद लामाले समान ३/३ विकेट लिएका थिए । त्रिभुवननगर जेसीजले सन् २०१६ देखि थालेको जेसीज कप क्रिकेट पहिलो वर्ष जिल्लास्तरिय, दोस्रो वर्ष अञ्चल र यसपालि राष्ट्रस्तरिय प्रतियोगिता सञ्चालन भएको हो ।

प्रतियोगीतामा देशका १६ क्लबको सहभागीता रहेको थियो । विजेता टिम धनगढी क्रिकेट एकेडेमीले एक लाख २५ हजारसहित शिल्ड प्राप्त गरेको छ । उपविजेता जगवार क्रिकेट क्लबले ५० हजार नगद सहित शिल्ड प्राप्त गरेको छ । यस्तै प्रतियोगीतामा न्यु होराईजन क्रिकेट एकेडेमीका कृष्ण कार्की उत्कृष्ट खेलाडी भए ।

त्यस्तै उत्कृष्ट ब्याट्सम्यान पनि कृष्ण कार्कीले प्राप्त गरे यस्तै उत्कृष्ट बलर सुनिल सुनार हुँदा जेसिस इमर्जिङ खेलाडी सन्देश पान्डे घोषित भएका थिए । उत्कृष्ट ब्याट्सम्यान, बलर र इमर्जिङ खेलाडीले समान १० हजार नगदसहित शिल्ड र प्रमाणपत्र प्राप्त गरे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.