अब श्रम स्वीकृति प्रदेशबाटै, सुरुमा दुई स्थानमा श्रम कार्यालय खोलिने

अब श्रम स्वीकृति प्रदेशबाटै, सुरुमा दुई स्थानमा श्रम कार्यालय खोलिने

काठमाडौँः श्रम तथा रोजगार मन्त्रालयले श्रम स्वीकृति अब प्रदेशबाटै दिने तयारी गरेको छ । त्यसैको तयारीस्वरुप पहिलो चरणमा प्रदेश २ को धनुषा र अर्को प्रदेशको एक स्थानमा श्रम कार्यालय खोल्न लागिएको हो ।

श्रममन्त्री गोकर्ण विष्टले २ नम्बर प्रदेशको धनुषा तथा प्रदेश नम्बर ५ र ६ मध्ये कुनै स्थानमा श्रम कार्यालय खोल्ने तयारी भइरहेको जानकारी दिएका छन् । कार्यालय स्थापना भएपछि वैदेशिक रोजगारीमा जानेको श्रम स्वीकृति पनि त्यहीँबाट हुनेछ ।

मन्त्री विष्टले यस विषयमा प्रक्रिया अघि बढाउन वैदेशिक रोजगार विभागका महानिर्देशक भुवनप्रसाद आचार्यलाई निर्देशन समेत दिएका छन् । नयाँ दुई कार्यालयका लागि ४० जना कर्मचारी आवश्यकपर्ने देखिएको छ ।

यी दुई स्थानका लागि पिन र आई रड मेसिन खरिद गर्नुपर्ने वैदेशिक रोजगार विभागले बताएको छ । हाल वैदेशिक रोजगारीमा जाने देशभरका युवाले काठमाडांैमा रहेको ताहाचलमा रहेको श्रम विभागबाट श्रम स्वीकृति लिनुपर्ने व्यवस्था छ ।

मन्त्री विष्टले म्यानपावर व्यवसायी विरुद्ध परेका उजुरी र कारबाहीका विषयमा विवरण पेस गर्न पनि विभागलाई निर्देशन दिएका छन् । वैदेशिक रोजगार विभागमा परेका उजुरी र गुनासो दैनिक सुन्न मन्त्री विष्टले निर्देशन दिएका छन् । यसअघि कामदारका समस्या र उजुरी विभागले हरेक बुधवार मात्रै सुन्दै आएको थियो । वैदेशिक रोजगार विभागका प्रवक्ता मोहन अधिकारीले अब कामदारका गुनासा दैनिक सुनुवाइ हुने जानकारी दिए ।

वैदेशिक रोजगारमा जानेले प्रहरी रिर्पोट प्रमाणीकरण गर्न सम्बन्धित देशका दूतावासमा पुगेर घण्टौँ लाइन बसेर छाप लगाउनु परेको विषयमा मन्त्री विष्टले चासो दिएको प्रवक्ता अधिकारीले बताए । ताहाचलमा रहेको श्रम कार्यालयमा आउने अधिकांश कामदार २ नम्बर प्रदेशका भएका कारण धनुषामा श्रम कार्यालय खोल्ने योजना सरकारले बनाएको हो ।

पश्चिम नेपालको व्यवसायी केन्द्र रूपन्देही र सुर्खेतमध्ये एउटा जिल्लामा पनि श्रम कार्यालय खोल्ने मन्त्री विष्टले सङ्केत गरेका छन् ।

देशका २ स्थानमा श्रम कार्यालय खोलिए वैदेशिक रोजगारीमा जाने युवा ठगीबाट जोगिने र आर्थिक भार पनि कम हुनेछ ।

यी दुई जिल्लामा श्रम कार्यालय खोलिए व्यक्तिगत श्रम स्वकिृतिमा सहजता आउने प्रवक्ता अधिकारीले जानकारी दिए । हाल वैदेशिक रोजगार विभागमा दैनिक १५ देखि २० वटा उजुरी ठगीका उजुरी पर्ने गरेको विभागले जानकारी दिएको छ ।

अहिले विभागले दैनिक १५ सयलाई वैदेशिक रोजगारीका लागि स्वीकृति दिने गरेको छ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले जनकपुरमा विभागको कार्यालय खोल्ने निर्णय गरे पनि कर्मचारी अभावका कारण कार्यान्वयनमा आउन नसकेको छैन । यसअघि श्रम तथा रोजगार मन्त्रालयले बाराको सिमरा र दाङमा श्रम कार्यालय खोल्ने निर्णय गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.