भूकम्पका बेला कारागारबाट फरार कैदी पक्राउ
काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले भूकम्पमा भागेर फरार रहेका कैदीलाई पक्राउ गरेको छ ।
ब्यूरोको टोलीले २०७२ वैशाख १२ मा गएको भूकम्पमा सिन्धुपाल्चोक कारागारबाट फरार सिन्धुपाल्चोक भोताङका मान लामालाई आज मूलपानीबाट पक्राउ गरेको हो ।
लामा कर्तव्य ज्यान मुद्दामा २०६३ चैतमा जिल्ला अदालतको फैसलाअनुसार २० वर्षका लागि कैद भुक्तान गरिरहेका थिए । २०७२ वैैशाखमा भूकम्प जाँदा सिन्धुपाल्चोक कारागारबाट दुई सय १२ कैदीबन्दी भागेका थिए । रासस