सफलताको सिँढी

सफलताको सिँढी

विश्वभरिका सफल मानिसले आफ्ना बानीमा निकै ध्यान पुर्‍याएका हुन्छन्। दैनिक रूपमा के काम गर्ने, आफ्नो क्षमता के कामका लागि खर्च गर्ने, गरिरहेको कामले आफूलाई लक्ष्यमा पुर्‍याउँछ/पुर्‍याउँदैन भन्ने कुरामा उनीहरू सचेत हुन्छन्। दुई/तीन वर्षपहिले अँगालेका बानीहरूको परिणामले नै तपाईंलाई अहिलेको स्थानमा ल्याई पुर्‍याएको हो।

दुःखद् कुरा के हो भने मान्छेहरूले प्रायः सही बानी अँगाल्दैनन्। यदि आफ्नो अहिलेको अवस्थाप्रति सन्तुष्ट हुनुहुन्न भने तपाईंले आफू हिँडिरहेको बाटो बदल्न सक्नुहुन्छ। यदि जिन्दगीमा सफलता प्राप्त गर्न चाहनुहुन्छ भने सफल भइसकेका मान्छेबाट केही बानीहरू सिक्नुपर्छ।

तलका चार बानीले तपाईंलाई सफल बनाउन मद्दत पुर्‍याउन सक्छ–

१) आफ्नो क्षमतामा केन्द्रित हुनुहोस्

आफ्नो क्षमतालाई सही ठाउँमा प्रयोग गर्नुभयो भने त्यसले सफलता दिलाउँछ। त्यसैले कुनै काममा समय खर्चिनु अगाडि सोच्नुपर्छ। धेरै मान्छेको कमजोरी के हो भने उनीहरू मूल्यहीन काममा आफूलाई समर्पित गरिरहेका हुन्छन्। आफू लागिरहेको क्षेत्रबारे निकै सोचविचार गर्नुहोस्। ध्यान दिनुहोस् र आफैंलाई सोध्नुहोस्– मेरा लागि महत्वपूर्ण काम के हो ? त्यस्तो सिर्जनशील काम रोज्नुहोस्, जसले तपाईंलाई सफल बनाउन सक्छ।

२) आवश्यकतालाई छुट्ट्याउने क्षमता

तत्काल गरिहाल्नुपर्ने महत्वपूर्ण कामबारे सोच्नुहोस्। त्यस्तो लक्ष्यमा लाग्नुस्, जसले तपाईंको जिन्दगीलाई फरक र महत्वपूर्ण बनाइदिन सक्छ। सफल मानिसहरू आफ्नो मुख्य कामलाई गुमाउँदैनन्। हरेक दिन केही न केही काम गर्नुहोस्, जसले लक्ष्यको नजिक पुर्‍याइरहोस्।

३) आफ्नो काम पूरा गर्नुहोस्

आफूले लिएको कुनै काम सुरु गर्नुभयो भने पूरा गर्नुहोस्। समयमा काम पूरा नगर्ने हो भने अन्ततः सफलता प्राप्त गर्न सकिँदैन। आफूले गर्न बाँकी कामको नोट बनाउनुहोस्। निरन्तर लागिरहनुहोस्। आफ्नो काममा दृढ रहनुहोस्।

४) सकारात्मक दृष्टिकोण बनाउनुहोस्

सफलता प्राप्त गर्न सबैभन्दा पहिलो तपाईंमा ‘पीएमए’ (पोजेटिभ मेन्टल एटिटयुड) हुनुपर्छ। अर्थात्, सकारात्मक बन्नुहोस्। नकारात्मक धारणा राखेर कुनै काममा लाग्नुहुन्छ भने त्यहाँबाट ठूलो सफलता पाउन सकिँदैन। त्यसैले दिमागमा सकारात्मक कुराहरू खेलाउनुहोस्। सफल मान्छेहरू आफ्नो क्षमताप्रति सकारात्मक हुन्छन्। उनीहरू आफ्नो काममा निरन्तर लागिरहन्छन् र लक्ष्यमा पुग्न सफल हुन्छन्। त्यसैले, नकारात्मक कुराहरूलाई दिमागबाट हटाउनुहोस्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.