१८ वर्षदेखि लगातार पुटिन रुसको राष्ट्रपति
एजेन्सी : संसारको सबैभन्दा ठूलो देश रुसको राष्ट्रपतिमा भ्लादिमिर पुटिन चौथो कार्यकालको लागि राष्ट्रपतिमा निर्वाचित भएका छन् । ७६ प्रतिशतभन्दा बढी मत ल्याएर पुन : ६ वर्षको लागि पुटिन राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
पुटिन सन १९९९ देखि लगातार राष्ट्रपति हुँदै आएका छन् । पुटिनसहित ८ जना उम्मेदवारले राष्ट्रपतिमा प्रतिस्पर्धा गरेका थिए ।उनका निकटतम प्रतिद्वन्दी पावेल गुरुदिनीनले १२ प्रतिशत भोट ल्याएका छन् । गुरुदिनीन रुसका करोपति कम्युनिष्ट हुन् ।
जासूसदेखि राष्ट्रपतिको यात्रा
-सन १९५२ अक्टोबर ७ मा लेनिनग्रादम(पीटर्सबर्ग) मा जन्म
-कानुनको पढाई यसपछि सुरक्षा एजेन्सी केजीबीमा नियुक्त
-पुटिन साम्यवादी पूर्वी जर्मनीमा जासूस
-१९९० मा पीटर्सबर्गको मेरसँग भेटघाट गरे जसले उनलाई कानुन पढाएका थिए
-१९९७ मा रुसका पहिलो राष्ट्रपति बोरिस येल्तसिनको सरकारमा समावेश । पुटिन संघीय सुरक्षा सेवाका प्रमुख(प्रधानमन्त्री) बनाइए ।
-१९९९ मा येल्तसिनले राष्ट्रपति पदबाट राजीनामा दिएपछि पुटिन बने कार्यवाहक राष्ट्रपति
-२००० मा भएको राष्ट्रपति निर्वाचिनमा पुटिन सजिल्यै बिजयी हासिल गरे
-२००४ मा पुन : दोस्रो पटक पुटिन राष्ट्रपति बने ।
-रुसी संविधानका अनुसार तेस्रो पटक उनी राष्ट्रपतिमा लड्न पाएनन् तर उनी प्रधानमन्त्री बने ।
-२०१२ मा संविधान संशोधन गरेर तेस्रो पटक राष्ट्रपति बने ।
-२०१८ मा चौथो पटक राष्ट्रपतिमा भारी मतले निर्वाचित ।