विमान दुर्घटनामा परेका बंगलादेशी नागरिकको शव लगिदै
काठमार्डौ : युएस-बंगला एयरलायन्सको बिमान दुर्घटनामा मृत्यु भएका बंगलादेशी नागरिकको शव सोमबार (आज) ढाका लगिने भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा मृत्यु भएका २३ जनाको शव विशेष विमानबाट लगिन लागेको हो।
विमान दुर्घटनामा २६ बंगलादेशी नागरिकको मृत्यु भएको थियो तर तीन जनाको शव पहिचान हुन सकेको छैन्। पहिचान भएका २ बालबालिका, ११ महिला र १० पुरुषको शव ढाका लान लागिएको हो। ढाका लगेर सैनिक रंगशालामा प्रधानमन्त्री शेख हसिनाले श्रद्धान्जली दिने कार्यक्रम रहेको छ।
यूएस-बंगलाको विमान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाग्रस्त हुँदा ४९ जनाको मृत्यु भएको थियो भने २२ जना घाइते भएका थिए।