ललितपुरमा सात वर्षीया बालिका बलात्कृत
ललितपुर : ललितपुरको बागमती गाउँपालिकास्थित प्युटारमा सात वर्षीया बालिका आफनै छिमेकीबाट बलात्कृत भएकी छिन् । महानगरीय प्रहरी वृत्त चापागाउका डीएसपी रबिन्द्र रेग्मीका अनुसार, बालिकालाई सोमबार बेलुका नै थापाथली अस्पताल पुर्यााइएको र डाक्टरले (भिजिबल इन्ज्यिुरी) देखिने खालका चोट नभएको बताएको भएतापनि मेडिकल रिपोर्ट नआई बोल्न नसकिने उनले जानकारी दिए ।
सोही गाउँका २४ वर्षीय कृष्ण बमजनले बालिकालाई चकलेट दिन्छु भनेर फकाउँदै एकान्तमा लगेर बलात्कार गरेको बाग्मती गाउँपालिकाका प्रमुख बीर बहादुर लोप्चनले बताए । लोप्चनको भने, ‘ती पुरुषका दुइ तीन वर्षको बच्चा पनि छ र गाउँमा लफंगा भएर हिन्ने गर्थे ।’
डीएसपी रेग्मीका अनुसार, अभियुक्तलाई चापागाउँ प्रहरी वृत्तमा ल्याइदैछ । घटना पछी फरार भएका बमजलाई मकवानपुरका बक्कैया गाउँपालिकाबाट सोमबार बेलुका पक्राउ गरिएको थियो ।