बालकृष्ण खाँड कांग्रेसको मुख्य सचेतकमा मनाेनित

बालकृष्ण खाँड कांग्रेसको मुख्य सचेतकमा मनाेनित

काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवाले दलको मुख्य सचेतकमा बालकृष्ण खाँडलाई नियुक्त गरेका छन् । मंगलबार देउवाले आफू निकट नेता खाँडलाई दलको विधानको धारा १३ को उपधारा (१) बमोजिम प्रतिनिधिसभा सदस्य खाँडलाई मुख्य सचेतकमा नियुक्त गरेका हुन् ।

देउवाका निजी सचिव केशवराज जोशीले विज्ञप्ति सार्वजनिक गर्दै देउवाले खाँडलाई मुख्य सचेतक मनोनयन गरेको जानकारी गराएका छन् ।

‘नेपाली कांग्रेस पार्टीका सभापति एवं संसदीय दलका नेता माननीय श्री शेरबहादुर देउवाज्यूले नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १३ को उपधारा (१) बमोजिम मुख्य सचेतकमा प्रतिनिधि सभा सदस्य माननीय श्री बालकृष्ण खाँणज्यूलाई मनोनयन गर्नु भएको छ’, सचिव जोशीले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.