नानीबाबुलाई जिम्मेवार बनाउन के गर्ने ?

 नानीबाबुलाई जिम्मेवार बनाउन के गर्ने ?

हरेक आमा बुबाको चिन्ता हुन्छ, आफ्ना नानीबाबुहरु समयसँगै जिम्मेवारी बनिदिऊन।त्यसका लागि हरेक आमा बाबुले आफ्ना नानीबाबुहरुलाई बदलिँदो समयसँगै जिम्मेवारी बनाउन पढाइका साथसाथै घरको काममा र खानपीनमा बढी जोड दिने गर्छन्। नानीहरु छिटाे जिम्मेवार हाेऊन भनी उनीहरुलाई अह्राएको काम गरेनन् भने उल्टै गाली गर्ने, हप्काउने मात्र नभइ पिट्न समेत पछि पर्दैनन्।

यति गर्दा पनि आफ्ना नानीबाबुहरुको बानी व्यहोरामा सुधार नआएको भन्दै उल्टै आमाबुबा गुनासो पोख्ने गर्छन्। तर अभिभावकले आफ्ना नानीबाबुहरुको इच्छा, चाहना र रुचीमा भने ध्यान दिएको हुँदैन । जसले गर्दा नानीबाबुहरु आमा बुबाले सोचेको भन्दा फरक स्वभावका भइदिन्छन्। केही यस्ता टिप्स छन् जसलाई  हामीले  मनन गर्न सक्याै भने आफ्ना नानीबाबुहरुलाई आफूले जाहेजस्तै बनाउन सकिन्छ।

- नानीबाबुहरुलाई स्कुलका किताबबाहेक कथा,कविता,चुटकिला र नाटकका किताब पढ्न दिनुपर्छ। यस्ता किताब पढ्ने बानीले बालबालिकाको दिमागलाई सक्रिय बनाउँछ।

-नानीबाबुहरुसँगै बसेर गृहकार्य गराउनुपर्छ। उनीहरुसँग साथीजस्तो बनिदिनुपर्छ।यसो गर्दा उनीहरुमा पढ्ने बानीको विकास हुनगइ अगाडि बढ्नमा ठूलो सहयोग गर्छ ।

- केटाकेटीलाई पढाइका साथसाथै अन्य क्रियाकलापमा सक्रिय बनाउनुपर्छ । उनीहरुलाई टीभी हेर्नुभन्‍दा बल स्प्री॥ बास्केटबल, फुटबल, कपर्दी,चेस,लूडोजस्ता खेलमा जोड दिनुपर्छ ।

- केटाकेटीका सामु आमाबुबा सधैं सक्रिय रहनुपर्छ। उनीहरुसँग बस्दा कुनै राम्रा पुस्तक पढ्ने,शारीरिक व्यायाम गर्ने,आदर गरेर बोल्ने,पूजापाठ गर्नेजस्ता असल बानी देखाउनुपर्छ । जसले गर्दा नानीहरुमा सकारात्मक सोचको विकास हुनगइ आफै‌ यस्ता काममा सक्रिय हुन्‍छन्।

- घरमा साना साना काममा नानीबाबुहरुको सहयोग लिनुपर्छ । जसले गर्दा उनीहरुमा आत्मविश्वस बढ्न गइ काममा सक्रिय हुन्छन्।

- बिहान जतिसक्दो जाँडो उठ्ने बानी गर्नुपर्छ । नानीहरुलाई पनि बिहान जाँडो उठ्न लगाउनुपर्छ ।कहिलेकाही आफूसँगै नानीबाबुहरुलाई मर्निङ  वाकमा लैजानुपर्छ । कहिलेकाही वाकमा निस्कँदा नानीहरुलाई नजिकैको मठ मन्दिरमा लैजानुपर्छ। यसो गर्दा उनीहरुले अनुशासनका बारेमा धेरै कुरा सिक्न पाउनेछन्।

- नानीबाबुहरुको जन्म दिनमा आमाबुबाले उनीहरुको नाचगानमा रमाइदिनुपर्छ।उनीहरुलाई जन्म दिनमा रमाइलोसँगै दुखी,गरिबीलाई पनि सहयोग गर्नुपर्छ भनेर ज्ञान बाँडिदिनुपर्छ।कहिलेकाही आफ्नो जन्म दिनमा पनि यस्ता मानिसलाई सहयोग गरिदिनुपर्छ।यसो गर्दा नानीबाबुहरुमा सहयोगको भावनाको विकास हुन्छ। ( एजेन्सी)

 

 

 

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.