कैदीले गरे आत्महत्या
बिर्तामोड : लागु औषध मुद्दामा झापा कारागारमा कैद भुक्तान गरिरहेका एक कैदीबन्दीले आत्महत्या गरेका छन् । दार्जिलिङ घर भएका ३२ वर्षीय रविन्द्र साइबो मेचेले बुधबार साँझ शौचालयको भेन्टीलेसनमा मुडा बुन्ने डोरीको पासो लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
२०७३ चैत्र ४ गते पुर्पक्षका लागी कारागार चलान गरिएका मेचेले आत्महत्या गरेको झापाका एसपी विष्णुकुमार केसीले बताए । बुधबार बिहान परिवारसँग कुराकानीमा हुँदा सानै उमेरकी छोरी भागेको विषयलाई लिएर आत्महत्या गरेको हुनसक्ने कारागारका चौकीदार ऋतुवर्ण लिम्बुले बताए ।