नेपाली युवाको कोरिया आकर्षण (फोटो फिचर)
काठमाडौं : रोजगारीका लागि कोरिया जान इच्छुकका लागि बिहीबारदेखि रोजगार अनुमति प्रणाली ईपीसएस परीक्षाको आवेदन खुला गरिएको छ । यसमा आगामी १७ गते सम्म आवेदन भर्न सकिनेछ । १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको नेपाली नागरिकले यसमा आवेदन दिन सक्ने बताइएको छ ।
र्इपीएस नेपालको आवेदन अनलाइनबाटै दर्ता सकिने छ । तर बैंकमा शुल्क तिर्न भने लाइन बस्नुपर्ने बाध्यता छ । ईपीएस परीक्षा जेठ २६ र २७ गते हुने बताइएको छ । आवेदन शुल्क ग्लोबल आईएमई बैंकको जुनसुकै शाखाबाट जम्मा गर्न सकिने छ ।