परीक्षामा चिट चेराउँन खोज्ने १० पक्राउ
गौर : एसईई परीक्षाको पहिलो दिन रौतहटमा एकै परीक्षाकेन्द्र बाट १० जना पक्राउ परेका छन् । चिट चोराउन सहयोग गर्ने तथा नक्कली गार्ड बनेर परीक्षा केन्द्रमा प्रवेश गरेकालाई सिडीओसहित गएको परीक्षा अनुगमन टोलीले पक्राउ गरेको हो ।
रौतहटको रुपा माध्यमिक विद्यालय सखुअवा परीक्षा केन्द्रमा बाट १० जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । परीक्षा केन्द्रमा अमर्यादित क्रियाकलाप गरेको पाइएकाले पक्राउ गरिएको रौतहटका सिडीयो उद्धवबहादुर थापाले जानकारी दिए।
पक्राउ पर्नेहरुमा सुनिल कुमार साह, प्रेम शंकर मिश्र, राम विश्वास कुश्वाह, बैधनाथ साह, अक्षेलाल राउत, शंकर यादव , कामेश्वर चौधरी, शियाराम कुश्वाह, मो सलाउदीन, जयनारायण साह रहेका छन । उनीहरु सबैलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । यस बर्ष रौतहटमा आंशिक, नियमित र प्राविधिक गरी ३० परीक्षा केन्द्र तोकिएको छ ।
सामुदायिक ६९, खुल्ला १ तथा संस्थागत १७ वटा विद्याmलय परीक्षामा सहभागी छन्। नियमिततर्फ सात हजार दुई सय १३ र एक्जामटेड चार सय ८ र प्राविधिक तर्फ एकसय ९२ जना परीक्षार्थी छन्।जिल्लामा ७ अनुगमन टोली, ३० जना अनुगमनकर्ता खटाइएको छ भने करिब पांच सय सुरक्षाकर्मी खटिएका छन् ।
३२ जना सहायक केन्द्राध्यक्ष तीन सय १५ जना निरीक्षक, ७० जना सहयोगी समेत परीक्षाका लागि खटाइएको जिल्ला शिक्षा अधिकारी राम बिनय सिंहले जानकारी दिए ।