विश्वका पर्वतारोही काठमाडौंमा

विश्वका पर्वतारोही काठमाडौंमा

काठमाडौं : सुरक्षित आरोहणमा नयाँ प्रविधि प्रयोगबारे छलफल गर्न विश्वभरका पर्वतारोही राजधानीमा भेला भएका छन्। राजधानीमा शुक्रबारबाट सुरु हुन लागेको अन्तर्राष्ट्रिय आरोहण तथा पर्वतारोहण संघको बैठकमा सहभागी हुन उनीहरू काठमाडौं आएका हुन्।

हिमालै हिमालको देश भनेर चिनिएकाले पर्वतारोहण क्षेत्रको स्तरोन्नति गर्न विश्वका पर्वतारोहीले काठमाडौंमा दुईदिने बैठक आयोजना गरेको नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामाले बताए।

संघको व्यवस्थापन, सुरक्षा र पर्वतारोहण समितिको छुट्टै बैठक हुने भएकाले नेपालमा रहेका ८ हजार माथिका थप ६ वटा हिमाललाई यसै बैठकमा अनुमोदन गर्न पहल हुने उनले जानकारी दिए। तीन लाख पर्वतारोही रहेको यस संस्थामा विश्वका ९१ वटा पर्वतारोहणसम्बन्धी संस्थासहित ६८ देशको सहभागिता छ।

नेपाल बाहेकका हिमालमा डोरी टाँग्न नपर्ने भएकाले आरोहण तरिका फरक रहेको छ भने नेपालका अधिकांश हिमालमा डोरीको सहायताले आरोहण गर्ने गरिन्छ। नेपालमा पनि आरोहण प्रविधिबारे दुई महिना अघि नियम परिर्वतन गरेकाले यसको अनुमोदन गर्ने छ। साहसिक काम भएकाले चुनौतीलाई अगाडिनै सामाना नगरे दुर्घटना खेप्नु पर्ने भन्दै संघले विश्वभर प्रविधिबारे छलफल गर्दै आएको छ।




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.