एकै दिन १२५ डढेलो

एकै दिन १२५ डढेलो

काठमाडौं : सुक्खा मौसम सुरु भएसँगै डढेलोको अवस्था भयावह बन्दै गएको छ। गत चैत ४ गते मात्रै तराई क्षेत्रमा एक सय २५ ठाउँमा डढेलो सल्कियो। त्यस दिन बारामा २०, पर्सामा १८ र चितवनमा १५ ठाउँमा डढेलो लागेको थियो। वन विभागको रेकर्डअनुसार २०५९ वैशाख ११ गते नेपालमा एकै दिन एक सय ४१ ठाउँमा डढेलो लागेको थियो। हिजोआज दैनिकजसो डढेलो लाग्ने गरेको छ। डढेलोले अर्बौंको क्षति पुर्‍याएको रेकर्ड प्रहरीसँग छ तर क्षतिपूर्ति र नियन्त्रणसम्बन्धी कुनै तथ्यांक पाइँदैन।

नासाको रेकर्डअनुसार डढेलो अधिकांश दिउँसै लाग्ने गरेको छ। नासाको रेकर्डलाई हेर्दा एक सातायता मात्र दक्षिण एसियामा ८७ हजार एक सय ५५ ठाउँमा डढेलो लागेको छ। रूखका पात–पतिंगर सुक्खा हुने, पानीको मात्रा नहुने र घाँस–दाउरा गर्नेले जथाभावी आगो खेलाउने गर्दा ठूलो क्षति पुग्ने गरेको वन व्यवस्थापन महाशाखा प्रमुख राजेन्द्र न्यौपाने बताए। वर्षौंदेखि डढेलो नियन्त्रणका कार्यक्रम गरिँदै आए पनि सुधार आउन सकेको छैन।

वन मन्त्रालयले वार्षिक करोडौं र सामुदायिक वन समूहले आम्दानीको २५ प्रतिशत रकम वन विकास र डढेलो नियन्त्रणमा खर्चिने गरे पनि नतिजामा सुधार आएको छैन। वन विभागले चैत १ देखि ७ गतेसम्मलाई डढेलो नियन्त्रण सप्ताह मनाए पनि औपचारिकता मात्र भएको नतिजाले देखाएको छ।

डढेलोले अर्बौंको क्षति पुर्‍याएको रेकर्ड प्रहरीसँग छ तर क्षतिपूर्ति र नियन्त्रणसम्बन्धी कुनै तथ्यांक पाइँदैन।

‘आगो लगाउनेको सूचना पाइँदैन, पहिचान खुल्दैन, सुराकी दिँदैन। त्यसैले पनि तय भएका डढेलोसम्बन्धी नीति कार्यान्वयन गर्न समस्या भएको छ’, महाशाखा प्रमुख न्यौपानेले भने। वन ऐन २०४९ ले आगो लगाउनेलाई १० हजार जरिवाना र एक वर्ष कैद तोकेको छ तर आजसम्म डढेलो लगाउनेविरुद्ध मुद्दा दर्ता हुन सकेको छैन।

जिल्ला र स्थानीय तहमा डडेलो नियन्त्रण सम्बन्धी काम भए पनि कोठाभित्रै सीमित भएको हुँदै आएको छ। फागुनदेखि जेठसम्म डढेलो नियन्त्रणमा राष्ट्रिय अभियान चलाएर जनस्तरमा प्रतिबद्धता गराउनुपर्ने वनकर्मी भोला खतिवडाले बताए। डढेलो लगाउनु पनि गैंडा, बाघ मार्नुजस्तै अपराध हो भनेर नबुझ्दासम्म समस्या भइरहने उनको तर्क छ।

डढेलो रोकथामका लागि अभियान नै चलाउनुपर्ने सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष गणेश कार्की बताउँछन्।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.