युरोपियन युनियनलाई देशनिकाला गर्न माग
काठमाडौँः हिन्दु जागरण नेपालले युरोपियन युनियनलाई देशनिकाला गर्न माग गरेको छ । खस आर्यलाई समानुपातिक आरक्षण नदिनु भन्दै सुझाव दिएर देशको राजनीतिमा हस्तक्षेप गर्न खोजेको भन्दै हिन्दु जागरणले ईयूलाई देशनिकाला गर्न माग गरेको हो ।
हिन्दु जागरण नेपालका अध्यक्ष रामकृष्ण उपाध्यायले शुक्रबार एक प्रेस वक्तब्य निकाल्दै ईयूको नाममा देशका विदेशीको नाङ्गो हस्तक्षेप भएको उल्लेख गरेका छन् ।
‘केही वर्ष अघि नेपालमा धर्म परिवर्तन गर्न पाउनु पर्छ भनेकैले बेलायती राजदूतले देश छाडे’, उपाध्यायले भनेका छन्, ‘अनावश्यक जान्ने भएर नेपाली जनतालाई मुर्ख ठान्दै सुझाव दिन खोज्नेहरुलाई पनि यहाँ बस्ने वातावरण दिएकोमा हामी दुखी छौँ ।’
इयूले नेपालमा जातीय द्वन्द्व गराएर हिंसा भड्काउन खोजेको आरोप लगाउँदै अध्यक्ष उपाध्यायले सीके राउत जस्ता देश विखण्डन अभियानमा लागेकालाई समर्थन गर्नेलाई देशनिकाला गर्नुपर्नेमा जोड दिएका छन् ।
‘इयू जस्ता अनावाश्यक वैदेशिक संस्थाहरुलाई सरकारले देश निकाला गर्न सक्नुपर्छ’, उपाध्यायले विज्ञप्तीमा भनेका छन्, ‘आगामी दिनमा नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने गरी सरकारले कारबाही थाल्नुपर्छ । अरुलाई पनि टाउको उठाउन नदिन इयूलाई देशनिकाला गर्ने हिम्मत सरकारले गर्नुपर्छ ।’