राजर्षि जनक कप: भुटानमाथि सर्लाहीको सहज जित

 राजर्षि जनक कप: भुटानमाथि सर्लाहीको  सहज जित

मलंगवा : सर्लाहीको वागमतीमा जारी राजर्षि जनक कपको दोस्रो संस्करण अन्तर्गतको खेलमा सर्लाही-११ ले भुटानको ड्रुग स्टारलाई ३-० ले पराजित गरेको छ ।

पहिलो हाफसम्म दवै टिमले राम्रो खेल देखाए पनि गोलरहित बराबरीमा रोकिए। दास्रो हाफमा सर्लाहीका स्ट्राइकर सनि चौधरी र अफ्रिकन मुलका खेलाडी गिब्रल कबोरीले राम्रो खेल देखाएपछि भुटान दबाबमा पर्यो ।

चौधरी र कबोरीलाई रोक्न भुटानका अधिकांश खेलाडी डिफेन्सिफ भए । दोस्रो हाफको ६३ औं मिनेटमा सनील लामाले दिएको पासलाई कबोरीले जाली चुमाउँदै खाता खोले । पहिलो गोल भएपछि भुटान दबाबमा देखिएको थियो ।

पहिलो गोल गरेपछि सर्लाही-११ का खेलाडीहरु केही रक्षात्मक देखिए । अधिकांश भुटानी खेलाडी आक्रमक भएको मौकाको फाइदा उठाउँदै खेलको ७८ औं मिनेटमा देव गुरुङ्गको पासलाई दोस्रो पटक पनि कबोरीले जाली चुमाउँदै स्कोर २-० मा पुर्याए ।

त्यसपछि इन्जुरी टाइमको अन्तिम मिनेटमा कबोरीको पासलाई देब गुरुङ्गले गोल गरे । खेलमा २ गोल गरेका कबोरी खेलको म्यान अफ द म्याच भए ।

शनिबारको खेल जावलाखेल ११ र सुदुर पश्चिम ११ बीच हुने बागमती युवा क्लबका अध्यक्ष किस्मत मैनालीले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.