एक्जाम्टेडको छुट्यो परीक्षा

एक्जाम्टेडको छुट्यो परीक्षा

 विराटनगर : परीक्षा केन्द्रबारे विद्यार्थीलाई सही जानकारी र सूचना नदिइँदा मोरङका धेरै विद्यार्थी माध्यमिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित भएका छन् ।

विगतमा नियमित र एक्जाम्टेडलाई एकसाथ राखेर परीक्षा लिने गरिए पनि यसपटक एक्जाम्टेडतर्फका परीक्षार्थीको केन्द्र सदरमुकाममा निर्धारण गरिएको छ । तर, विद्यालयले एक्जाम्टेड विद्यार्थीलाई केन्द्रको जानकारी नदिएका कारण विराटनगरका मात्रै एक सय विद्यार्थी परीक्षाबाट वञ्चित भएका हुन् ।

विराटनगरका दुई विद्यालयमा एक्जाम्टेड विद्यार्थीका लागि बेग्लै परीक्षा केन्द्र कायम गरिएको छ । राधाकृष्ण मावि र आदर्श बालिका विद्यालयमा एक्जाम्टेड विद्यार्थीका लागि केन्द्र तय गरिएको हो । यो जानकारी आफ्नो विद्यालयबाट उपलब्ध हुन नसक्दा विद्यार्थीले परीक्षा दिनुअघि मानसिक तनाव खेप्नुका साथै कैयन् विद्यार्थी परीक्षाबाट वञ्चित हुनुपरेको हो ।

रतुवामाई नगरपालिकाका रम्भा यादवले केन्द्रबारे जानकारी नपाउँदा पहिलो दिनको परीक्षा छुटेको दुखेसो गरे । ‘वर्षभरि लगाएर गरेको मेहनत खेर गयो’, उनले भने, ‘परीक्षा नै दिन नपाएपछि पढेको के अर्थ भयो र !’

विद्यालयले सही जानकारी नदिँदा परीक्षा दिनबाट वञ्चित हुनुपरेको गुनासो उनले गरे । उनले अब कसरी अंग्रेजी विषयको परीक्षा दिने भन्ने अन्योल भएको र फेरि एक वर्ष कुर्नुपर्ने अवस्था हुने बताए । अर्का विद्यार्थी उमेश रायले विद्यालयमा प्रवेशपत्र लिन गएका बेला पनि प्रधानाध्यापकले केही जानकारी नदिएको बताए ।

केन्द्रबारे जानकारी नपाएका एक्जाम्टेड विद्यार्थी परीक्षाको पहिलो दिन केन्द्रमा प्रवेशका लागि निर्धारित समय अवधिपछिसम्म राधाकृष्ण र बालिका विद्यालय ओहोरदोहोर गरिरहेका थिए । परीक्षा सुरु भएको एक घण्टासम्म कैयौं परीक्षार्थी केन्द्रभित्र प्रवेश गरे पनि निर्धारित समयपछि आएका विद्यार्थीलाई प्रवेश दिइएको थिएन ।

पहिलो दिन विराटनगर पोखरियास्थित राधाकृष्ण मावि ९८ परीक्षार्थी अनुपस्थित भएको सुपरिटेन्डेन्ट डम्बरबहादुर कार्कीले जानकारी दिए । विभिन्न विद्यालयका तीन सय २२ विद्यार्थीका लागि केन्द्र तय गरिएको छ । दुई सय ९९ विद्यार्थीका लागि केन्द्र तय गरिएको आदर्श बालिकामा पहिलो दिन ५९ जना अनुपस्थित भए ।

जिल्ला शिक्षा अधिकारी दिलनाथ पुरीले सूचना जारी गरे पनि विद्यार्थीमाझ पुग्न नसकेकाले कतिपयको परीक्षा छुटेको स्वीकार गरे । इन्टरनेट र कार्यालयमा सूचना टाँस गरेर एक्जाम्टेडतर्फका विद्यार्थीको सदरमुकाममैै परीक्षा केन्द्र तोकिएको सूचना प्रवाह भने गरिएको दाबी उनले गरे । भने, ‘कतिपय ग्रामीण भेगका विद्यार्थीको परीक्षा छुटेको भन्ने कुरा आएको छ । विद्यालयले नै विद्यार्थीलाई सूचना प्रवाह गर्न नसकेको देखिएको छ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.