७० बालबालिकामा क्षयरोग

७० बालबालिकामा क्षयरोग

बुटवल : रुपन्देहीका ७० जना वालवालिकामा क्षयरोग देखिएको छ । प्राय ः वयस्क व्यक्तिलाई क्षयरोग हुने भए पनि रुपन्देहीका बिरामीमध्ये पाँच प्रतिशत १४ वर्षमुनिका वालवालिका छन् ।

क्षयरोगबाट संक्रमित वालवालिकाहरुले नियमित रुपमा औषधि सेवन गर्दै आइरहेको जिल्ला जनस्वाथ्य कार्यालयले जनाएको छ । यी वालवालिकामा घरपरिवारकै सदस्यबाट क्षयरोग सरेको हो । संक्रमित वालवालिकामध्ये सबैभन्दा बढी बुटवल उपमहानगरपालिकाका छन् ।

‘कुपोषण लागेका वा कमजोर वालवालिका र बृद्धबृद्धामा क्षयरोग छिटो सर्छ, जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका निरीक्षक टिकाराम अधिकारीले भने । जिल्लाको बुटवल, तिलोत्तमा, कञ्चन गाउपालिकामा बढी क्षयरोगी भेटिएका छन् ।

हाल रुपन्देहीका १ हजार ३ सय २८ क्षयरोगका बिरामीले नियमित औषधि खाईरहेका छन् । तीमध्ये ७६ प्रतिशत फोक्सोका बिरामी हुन । यी बिरामीबाट रोग सर्ने सम्भावना अत्याधिक हुन्छ । तीमध्ये करिव डेढ सय विरामी जटिल प्रकृतिका क्षयरोगी छन् ।

नियमित खानुपर्ने औषधि बिचैमा छोड्दा क्षयरोगको जिवाणु अझै सक्रिय हुदै गएको चिकित्सकहरुको भनाई छ । ‘औैषधि एक÷दुई महिनामात्रै खाएर छाड्दा यो रोग झन जटिल बन्यो, लुम्बिनी अञ्चल अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. विष्णु पौैडेल भन्छन–‘पहिला खान छाडेको औषधिले फेरि काम गर्दैन । अर्काे २० महिनासम्म औषधि खानुपपर्छ ।’

पूर्व बिरामीहरुले नियमित औषधि सेवन ग¥यो भने सामान्य रोगजस्तै क्षयरोग पनि निको हुने अनुभव सुनाउछन् । जटिल प्रकृतिको क्षयरोगबाट निको भएका अर्घाखाचीका गिरबहादुर नेपालीले औैषधि सेवनमा ध्यान दिन नया विरामीलाई सुझाव दिन्छन । ‘मैले भारतमा सजिलो उपचार पाइन, नेपालमा फर्किएर २० महिना औषधि खाएपछि निको भएको छ, उनले भने । जटिल क्षयरोगबाट निको भएका उनी क्षयरोगीको सेवामा काम गर्दै आएका छन् ।

क्षयरोग निवारणका लागि रोग लुकाउन नहुने चिकित्सकहरुको सुझाव छ । रुपन्देहीमा क्षयरोगीको निको हुने दर ९२ प्रतिशत रहेको छ । क्षयरोग न्युनिकरणका लागि बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा अत्याधुनिक ल्याब सेवा सहित डिआरटिवी उपचार केन्द्र रहेको छ । जुन ल्याबबाट प्रति एमएल खकारमा ३१ वटा जिवाणु रहेको समेत पत्ता लगाउन सक्छ ।

जिल्लामा ८८ वटा क्षयरोग उपचार केन्द्र रहेको जनस्वास्थ्य कार्यालयको तथ्यांक छ । रुपन्देहीले मुलुकभर रहेका ३१ हजार ७ सय ६४ बिरामीमध्ये चार दशमलव दुई प्रतिशतले यी सेवाकेन्द्रबाट सेवा लिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.