ट्रक दुर्घटना हुँदा पाँचथरमा एकको मृत्यु, एक घाइते

ट्रक दुर्घटना हुँदा पाँचथरमा एकको मृत्यु, एक घाइते

फिदिम : पाँचथर सदरमुकाम फिदिमदेखि भारपातर्फ गइरहेको बा २ क ६६८३ नम्बरको मिनी ट्रक दुर्घटना हँुदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । ट्रकमा सवार अर्का एक घाइते भएका छन् ।

आइतबार बिहान बिजुलीको सामान लिएर गएको ट्रक हिलिहाङ ७ भारपामा दुर्घटनामा परेको थियो । दुर्घटनामा महोत्तरी घर भएका ट्रकका सहचालक उमेश सिंह महासेठको मृत्यु भएको हो ।

महोत्तरिकै ट्रक चालक शम्भु महरा घाइते भएका छन् । दाहिने खुट्टामा चोट लागेर घाइते बनेका महराको पाँचथर अस्पतालमा उपचार भइरहेको छ । बिजुलीको सामान बोकेर मेची राजमार्गदेखि भारपाको सिमखर्कतर्फ जाने क्रममा ट्रक पछाडी सरेर पल्टिएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रेमकुमार शाहाले जानकारी दिए ।

ट्रक सडकबाट अन्दाजी आठ सय मिटर तल झरेको थियो ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.