पर्वतारोहण प्रशिक्षक संघमा लाक्पा शेर्पा

पर्वतारोहण प्रशिक्षक संघमा लाक्पा शेर्पा

काठमाडौं : पर्वतारोही पथप्रर्दशकलाई तालिम दिने संस्था नेपाल पर्वतारोहण प्रशिक्षक संघको अध्यक्षमा लाक्पा शेर्पा सर्वसम्वत निर्वाचित भएका छन् । आइतबार काठमाडौंमा भएको छैटौ अधिवेशनले अन्तराष्ट्रिय पर्वतारोहण पथ प्रर्दशक समेत रहेको प्रशिक्षक लाक्पा शेर्पाको अध्यक्षतामा सात सदस्सीय नयाँ कार्यसमिति चयन भएको छ ।

संघको उपाध्यक्षमा फूर्वानाग्यल शेर्पा, महासचिव छिरिङ पाण्डे भोटे, कोषाध्यक्ष फुरतेम्वा शेर्पा र सदस्यमा नरेश साही, लामबाबु शेर्पा, टेण्डी शेर्पा छन् ।

पर्वतारोहण पथप्रर्दशक प्रशिक्षकले २०५८ सालमा संस्था स्थापना गरी नयाँ पर्वतारोहण पथ प्रर्दशक उत्पादन गर्दै आएको छ । संघले तालिम दिई हिमाल आरोहण गर्नेलाई सुरक्षित आरोहण गर्न दक्ष गाईड उत्पादन गर्दै आएको छ । अन्तराष्ट्रिय पर्वतारोहण पथ प्रर्दशक भएपछि परीक्षा उर्तिण गरेर संस्थाको सदस्य बन्न सकिन्छ ।

संघका सदस्य अहिलेसम्म ३४ जना छन् । नेपालमा रहेका आठ हजार माथिका १४ र चार सय बढी साना हिमालमा ५० जना अन्तराष्ट्रिय र १८ जना राष्ट्रिय पर्वतारोहण पथ प्रर्दशकले गाइड गर्दे आएका छन् । हिमाल आरोहण मात्र नगरी नजिकबाट अध्यन गरेका र नयाँनयाँ प्रविधिको प्रयोग गरी आरोहणलाई सुरक्षित व्यवस्थित बनाउन संघले भूमिका खेल्दै आएको र आउने दिनमा प्रतिवद्धतासहितको सुरक्षित आरोहणलाई प्राथमिकता दिने अध्यक्ष शेर्पाले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.